Websoft University

www.radiomakalu.com || 021-522512


नवलपरासीका बाढीप्रभावित भन्छन् – राहत पाइएन,९०० घरपरिवार प्रभावित



नवलपरासी, साउन २१ गते ।नवलपरासीका बाढी प्रभावितले आफूहरुले पर्याप्त मात्रामा राहत सामग्री नपाएको बताएका छन् । बाढी प्रभावितले आफूहरुको बाढीमा लाखौँ क्षति भएपनि सामान्यरुपमा खाद्यान्न र लत्ताकपडा मात्र पाएको जनाएका हुन् ।

घरमा भएको खाद्यान्न, लत्ताकपडासहित अन्य महत्वपूर्ण सामग्री सबै पानीले बगायो तर राहतको नाममा केही किलो चामल र केही कपडाबाहेक केही पाउन सकिएन बाढी प्रभावितको गुनासो छ ।

दुई हप्ताअघि आएको बाढीका कारण जिल्लामा एक हजारभन्दा बढी घर प्रभावित बनेको जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्क छ । एक हजार ५०० भन्दा बढी बिगाहामा लगाएको धानबाली डुबानमा परेको छ भने ५०० बढी बिगाहामा लगाएको धानबाली नष्ट भएको अनुमान छ ।

अहिलेसम्मको विवरणअनुसार ९०० घरपरिवारले बाढीको क्षति बारे निवेदन दिएका छन् जसमा धानबाली र कटानको क्षति छन् । केही घर नष्ट भएको पनि निवेदनमा उल्लेख छ । आंशिक क्षति हुने घरको सङ्ख्या बढी छ । बाढीले सबैभन्दा बढी रामग्राम नगरपालिकामा क्षति पु¥याएको छ ।

त्यस्तै, सुनवल, हकुई, बञ्जरिया, दुम्किवास, नयाँबेलहानी, सनई, रामपुरखडौना, भुजहवा, रमपुरवा, नर्सही लगायत गाविसमा क्षति पुगेको थियो । जिल्ला दैवी प्रकोप समितिमा क्षतिपूर्ति र राहतका लागि निवेदनको चाङ छ तर सरकारी निकायबाट भने अहिलेसम्म कुनै पनि राहत वितरण गरिएको छैन ।

प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार प्रकोपमा परेर मृत्यु भएमा रु ४० हजार र पूर्णरुपमा घर क्षति भएकालाई रु पाँच हजारबाहेक अन्य राहत रकम उपलब्ध गराउने सरकारी प्रावधान छैन ।

राहतका लागि विभिन्न सङ्घसंस्थालाई अनुरोध गरिएको र सोही अनुसार समितिको समन्वयमा प्रभावित स्थानमा राहत वितरण गरिएको प्रजिअ पन्थले बताउनुभयो ।अहिलेसम्म करिब ८०० बाढी प्रभावितलाई सामान्य मात्रामा राहत सामग्री वितरण गरिएको प्रजिअ पन्थले बताए ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget