Websoft University

www.radiomakalu.com || 021-522512


ओलम्पिक : बराबरीमा रोकिएपछि ब्राजिलियन समर्थक रुष्ट





ब्रसिलिया,साउन २१ गते ।ओलिम्पिकको शुरुवाती खेलमा ब्राजिल १० खेलाडीमा सिमित दक्षित अफ्रिकासँग बिहिबार गोलरहित बराबरीमा रोकिएको छ ।

ब्राजिलका नयाँ प्रशिक्षक रोजेरियो मिकायलले कप्तान नेयमारसहित उदयमान खेलाडी ग्याब्रियल बारबोसा र ग्याब्रियल जिससलाई उतारेर आक्रमक रणनीति बनाए पनि तीनै जनाले गोलको खाता खोल्न असफल भए ।

खेलको पहिलो हाफमा दक्षिण अफ्रिकाका लेबो मोथिबाले दुई सुन्दर अवसर गुमाएका थिए । त्यसपछि भने आयोजक राष्ट्र ब्राजिलले खेलमा नियन्त्रण राखेको थियो । तैपनि कुनै गोल भने गर्न सकेन । नेयमारको दुईवटा प्रहार खेर गएको थियो भने जिससको प्रहार पोष्टमा लागेको थियो ।


दक्षिण अफ्रिकाका मोथोबी मभालाले दुई वटा पहेँलो कार्ड खाँदै मैदान छाड्नुपरेको दक्षिण अफ्रिका १० खेलाडीमा सिमित बनेको थियो । तर, ब्राजिलले यसको फाइदा उठाउँदै समुह ए मा अग्रता बनाउन सकेन ।

ब्राजिलले गोल गर्न नसकेपछि ब्राजिलका समर्थकले खचाखच भरिएको स्टेडियममा सिटी बजाउँदै विरोध जनाएका थिए । खेलपछि उनीहरुले खेलाडीहरुप्रति आक्रोश प्रकट गरेका थिए ।

समूहको अन्य खेलमा इराक र डेनमार्क पनि गोलरहित बराबरीमा रोकिएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget