रियो – फुटबलमा ब्राजिल र अर्जेन्टिनालाई चिर प्रतिद्वन्द्वी मानिन्छ । दुई देशका समर्थक एकअर्कालाई देखिसहँदैनन् । त्यही भएर कहिलेकाहीँ मैदानमा नै दुई समर्थक भिड्ने गर्छन् ।
यस्तो दृश्य ओलम्पिकका खेलमा भने बिरलै देखिने गर्छ । तर, सोमबार अर्जेन्टिनाका हुवान मार्टिन डेल पोट्रो र पोर्चुगलका जोआ सौसाबीच भएको टेनिस खेलमा दुई देशका समर्थकबीच हात हालाहाल भएको थियो । दुई समर्थकबीच झडप हुँदा प्रहरीले नै छुट्याउन परेको थियो ।
पछि, अर्जेन्टिनाको फुटबल जर्सी लगाएका ती समर्थकलाई टेनिस कोर्टबाट बाहिर निकालिएको थियो ।
Post a Comment