Websoft University

www.radiomakalu.com || 021-522512


द्धन्द्धकालिन मुद्धाहरुले देशमा नयाँ समस्या पैदा हुन सक्छः प्रचण्ड



काठमाडौं,साउन २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापन भएपनि युद्धसँग सम्बन्धित मुद्धाहरु अझै टुंगिन बाँकी रहेको बताएका छन् ।


प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिन मंगलबार बालुवाटार पुगेको नेपाल पत्रकार महांघको टोलीसँग प्रचण्डले यस्तो बताएका हुन् । ‘सेना समायोजन र हतियार व्यवस्थापन भएपनि युद्धसँग सम्बन्धित मुद्धाहरु अझै टुंगिएका छैनन्’, उनले भने, ‘द्धन्द्धका मुद्धाहरुले देशमा नयाँ समस्या पैदा गर्ने हो कि ? यसलाई कसरी दीर्घकालीन समाधान गर्ने भन्नेमा हामी गम्भीर छौं ।’
प्रचण्डले संविधानको स्वीकार्यता बढाएर कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माण, प्रभावकारी जनसेवा एवं सुशासन र आर्थिक समृद्धि नै सरकारका मूख्य प्राथमिकता रहेको बताए ।
संविधान कार्यान्वयनका लागि देशका सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिँदै प्रम प्रचण्डले भने, ‘सबै समुदायको एकता कायम गर्न सकिएन भने संविधान कार्यान्वयन हुँदैन । संविधान कार्यान्यवनका लागि आन्तरिक राष्ट्रिय एकता अपरिहार्य छ ।’
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले आफ्नो पार्टीले सुरुदेखि नै राष्ट्रिय सहमति चाहेको भन्दै संविधानपछि दुई ठूला दलहरुबीचको विभेदले गर्दा सहमति हुन नसकेको बताए ।

सो अवसरमा महासंघले नयाँ सरकार राजनीतिक स्थिरता र आर्थिक समृद्धिको जग बसाल्न सफल हुने विश्वास व्यक्त गरेको थियो । भेटका अवसरमा महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले पत्रकार र सञ्चार जगतसँग सम्बन्धित विभिन्न समस्याहरुबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
जवाफमा प्रधानमन्त्रीले परिवर्तनको प्रक्रियामा सञ्चार जगत र सञ्चारकर्मीको निकै महत्वपूर्ण रहेको भन्दै संक्रमणकालको निकासका लागि पनि सञ्चार जगतले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget