Websoft University

www.radiomakalu.com || 021-522512


अब छिटै भिडियोमा भएका चिजहरुलाई छुन सकिने


teoch-video
भिडियो भन्ने चिज हेर्न तथा सुन्नका लागि हो । यसमा देखिएका चिज छुनछाम्न सकिने कुरा भएन । भिडियो चलिरहेको ग्याजेटको स्क्रिन मात्र हो छुने त ।

तर अब छिटै तपाइँले ग्याजेटको स्क्रिन होइन भिडियोमै देखिएका चिजहरु छुन सक्नुहुनेछ ।

अमेरिकाको म्यासाच्युसेट्स इन्स्िटच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरुले यसका लागि नयाँ इमेजिंग प्रविधिको विकाश गरिरहेका छन् । जसमा परम्परागत क्यामरा तथा अल्गोरिदमको प्रयोग गरी इन्ट्रयाक्टिभ डाइनामिक भिडियोबाट कुनैपनि चिजको काल्पनिक रुपमा महसुस गर्न सकिन्छ ।

एमटीआइको कम्प्युटर साइनस एण्ड आर्टिफिसियल इन्जेलिजेन्स प्रयोगशालाका शोधार्थी एबी डेभिसका अनुसार यो प्रविधिबाट वस्तुहरको भौतिक व्यवहारलाई कैद गर्न सकिन्छ । उनका अनुसार यो प्रविधिबाट भिडियोलाई अन्तक्रियात्मक बनाएर भिडियोसँगै खेल्न सकिने उनले बताएका छन् ।

शोधकर्ताहरुले पुल, जंगल, गितार लगायतका विभिन्न वस्तुहरुको भिडियोमा आइडीवी प्रविधिको प्रयोग गरे । यसबाट भिडियो तथा तस्वीरलाई विभिन्न दिशामा धकेल्ने तथा मोड्ने गर्न सकिन्छ । यो प्रविधि इन्जिनियरिंग तथा मनोरञ्जन लगायतका विभिन्न क्षेत्रमा उपयोगी हुने वैज्ञानिकको भनाई छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget