Websoft University

www.radiomakalu.com || 021-522512


फलफूल होइन विष !



इटहरी । घरभित्र वा बाहिर गरिने पूजामा शुद्ध प्रसादका रुपमा फलफूल चढाइन्छ । बिरामी, बालक, वृद्धवृद्धालाई पनि तगडा बनाउन फलफूल नै खुवाउने गरिन्छ । पछिल्लो समयमा मध्यमवर्गीय र उच्च वर्गीय परिवारका भान्सामा फलफूल अनिवार्य नै बन्दै गएको छ ।
त्यति मात्रै होइन ताजा जुसको कारोवार गर्ने व्यवसायीहरुले पनि फलफूलको प्रयोग बढाउँदै गएका छन् । अझ पछिल्लो समयमा त मदिरा बिक्री गर्ने व्यवसायीहरुले आफ्ना उपभोक्तालाई सलादका रुपमा फलफूल दिने प्रचलन बढ्दै गइरहेको छ ।
फलफूल हाम्रो स्वास्थ्यका लागि कति फाइदाजनक या हानिकारक छ भन्ने बुझ्न आवश्यक छ । विज्ञहरुका अनुसार हामीले स्वास्थ्य राम्रो बनाउन र तागत बढाउन बजारमा पाइने पाकेका फलफूलसँगै विष पनि खाइरहेको छौँ ।
स्वथ्यकर तरिकाले फलफूल पकाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको (रिपेनिङ) सेन्टर नभएकाले हामी विष खान बाध्य छौं । फलफूल पकाउन व्यपारीहरुले जथाभावी हानिकारक रसायन कार्बाइडको प्रयोग गर्नेक्रम नरोकिएकाले तत्काल रिपेनिङ’ सेन्टरको स्थापना गर्नुपर्नेमा विज्ञको जोड छ । फलफूल पकाउन हानिकारक रसयानको प्रयोग रोक्न नियमनकारी निकायले अनुगमन गरे पनि व्यपारीहरुले रिपेनिङ सेन्टरको अभावमा हानिकारक रसायन कार्बाइडको प्रयोग गर्नछाडेका छैनन् ।
रिपेनिङ सेन्टर नहुँदा फलफूलमा प्रयोग भइरहेका हानिकारक रसायनको नियन्त्रण कार्य चुनौतीपूर्ण बनेको खाद्यविज्ञहरु बताउँछन् । रिपेनिङ सेन्टरको अभावमा गुदी भएका फलफूलहरु केरा, आँप, मेवा आदि चाँडो पकाउन व्यपारीहरुले हानिकारक कार्बाइडको प्रयोग गर्न नछाडेको क्षेत्रीय खाद्य अनुसन्धान तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले बताए ।
उनका अनुसार अनुगमन गरेर कार्बाइड जफत गरे पनि वैकल्पिक व्यवस्था नहुँदा हानिकारक रसायनको प्रयोग नियन्त्रण हुन नसकेको हो ।
खाद्य अनुसन्धान प्रमुख कोइरालाले भने– ‘व्यपारीहरुलाई विकल्प नदिएसम्म कार्बाइडको प्रयोग रोक्न गाह्रो रहेछ ।’

खाद्य प्रयोगशालमा छैन कार्बाइड जाँच्ने उपकरण
बजारमा कार्बाइट हालेर फकाइएका आँप र केरा, मेवा आदि फलफूल नियमनकारी निकायहरुले अनुगमन गरेर जफत गर्ने गरेको छ ।
केहीलाई खाद्य ऐन अनुसार मुद्दा पनि चलाएको छ । तर जाँच गर्ने मेसिन नहुँदा प्रमाण जुटाएर कानुनी कारवाही चलाउने कार्य पनि समस्या बनेको छ ।

क्षेत्रीय खाद्य अनुसन्धान तथा गुणनियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाका अनुसार बजारबाट कार्बाइट प्रयोग गरेका आँप नियन्त्रणमा लिए पनि प्रयोगशालमा जाँच गर्ने मेसिन नभएकोले मुद्दामा प्रमाण पुग्न सक्दैन ।
जसले गर्दा हानिकारक विषादी प्रयोग गर्नेहरुले दण्ड सजाय पाउन सक्दैनन । जाँच गर्ने उपकरण नहुँदा खाद्य अपराधको मुद्दामा के कति विषादी प्रयोग भएको छ भनेर छुटाउन सकिँदैन । जसले गर्दा प्रमाण अभावमा मुद्दा फितलो हुनेगरको छ ।
‘आँप र केरा र मेवा जस्ता फलफूल पकाउन आधुनिक रिपेनिङ सेन्टरसँगै जाँच गर्न आधुकि उपकरणको पनि आवश्यक छ’– खाद्यविज्ञ कोइरालाले भने ।

काबाईड जाँच गर्ने उपकरण अभावमा केरा, मेवा, आँपजस्ता बोक्रा भएका फलफूलहरुमा के कति कार्बाइड प्रयोग भएको र कति असरदार छ भनेर परीक्षण गर्न नसक्दा अनुसन्धान नै हुन पाउँदैन ।
अनुगमनमा फलफूलका प्याकेटभित्र कार्बाइट बरामद भएमा मात्र बरामदी मुचुल्का बनाएर खाद्य ऐनअन्तर्गत खाद्य कार्यालयले मुद्दा दर्ता गराउने गरेको छ ।
प्रायः व्यपारीहरुले आँप, केरा र मेवाजस्ता फलफूलहरुमा गोदाम वा बगैचामै कार्बाइट प्रयोग गरेर सफा गरि बिक्री गर्न बजारमा ल्याउने भएकाले अखाद्य वस्तु प्रयोग भएको हो हैन उपभोक्ताहरुले थाहै पाउन सक्दैनन् । नियमनकारी निकायले पनि उपकरण अभावमा हेरेकै भरमा के कति कार्बाइड प्रयोग भएको छ छुटयाउन सक्दैन ।
उपकरण अभावमा खुलेआम भित्रन्छन्
काबाईड प्रयोग गरिएका फलफूल जाच गर्ने उपकरण नहुँदा सीमा क्षेत्रमा रहेका कृषि क्वारेन्टाइनहरुले पनि हानिकारक प्रयोग भएर आएका फलफूल हुन होइनन् भनेर छुट्याउन सक्दैनन । जसले गर्दा खुलेआम अखाद्य वस्तु र विषादी प्रयोग भएका खाद्य वस्तु नेपाल भित्रिरहेका छन् ।

स्थानीय निकायहरु खाद्य गुणस्तर नियमन गर्न उदासिन उपमहानगरपालिका र नगरपालिकाभित्रका उपभोक्ताहरुको स्वास्थ्यबारे ख्याल गरेर खाद्यवस्तुको गुणस्तर कायम गराउनु र नभएमा अनुगमन गरेर कारवाही चलाउने अधिकार स्थानीय निकायलाई छ ।
तर स्थानीय निकायहरुले उपभोक्ता अधिकारलाई बेवास्ता गर्दे आएका छन् । प्रायः नगरपलिकाहरुमा खाद्य अनुसन्धान गर्न प्रयोगशाला छैन । केहीमा भए पनि प्रयोगमा छैनन् । नत स्थानीय निकायहरुले जथाभावी प्रयोग भइरहेका विषादी र अखाद्य वस्तु प्रयोग गरिएका वस्तुबारे अनुगमन नै गर्ने गरेको छ । न त नगरपालिकाहरुले खाद्य गुणनियन्त्रणलगायतका निकायहरुसँग समन्वय गर्न नै चासो दिने गरेका छन् ।
हामीले पूर्वका पाँच सातवटा नगरपालिकासँग समन्वय गरेर काम गर्न पटक पटक प्रस्ताव गर्यौ तर नगरपालिकाहरुले वास्तै गरेनन्, क्षेत्रीय खाद्य अनुसन्धान तथा गुणनियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोइरालाले भने ।

उपभोक्ता अधिकारकर्मी मोहन भट्टराइले उपभोक्ताको खाद्य अधिकारबारे विकल्पसहित स्थानीय निकाय सक्रिय हुनुपर्ने बताए । नगरपालिकाहरुले खाद्य वस्तुमा अखाद्य वस्तु प्रयोग गर्नेलाई समानुकुल चेतावनी दिन र उपभोक्तालाई सजग गराउन पनि चासो दिनेगरेका छैनन ।

के हो रिपेनिङ सेन्टर

काँचो फूलफूलहरु (आँप, केरा र मेवा ) पकाउनका लागि शीतभण्डार जस्तै उन्नत प्रविधिको कोठाको प्रयोग गरिन्छ । त्यहाँ दाउराको प्रयोगबाट धुवाँ फैलाएर फलफूल पकाउने गरिन्छ ।
यो प्रविधि पाकिस्तानमा अधिक प्रयोग भइरहेको छ । करिब ३० लाख रुपियासम्ममा एक स्थानमा एउटा रिपेनिङ सेन्टर स्थापना गर्न सकिन्छ । रिपेनिङ सेन्टर स्थापना भएमा व्यपारीहरु काबाईड जस्ता रसायन प्रयोग गरेर फलफूल पकाउन छाड्नेछन् । तर विकल्प नहुँदा व्यपारीहरुले निर्वाध अखाद्य वस्तु कार्बाइडको प्रयोग गरिरहेका छन् । खुलेआम बिक्री भैरहेको कार्बाइडको बिक्रि रोक्न गाह्रो खाद्य प्राविधिकहरुका अनुसार खासगरी धातुजन्य उधोगहरुमा प्रयोग गर्न कार्बाइडको प्रयोग गरिन्छ ।
यसैले धातुजन्य वस्तु बिक्री गर्ने हार्डवेयर पसलहरुमा यो सहजै पाइन्छ । औद्योगिक सामग्रीका लागि भनेर आयात गरिएको काबाईड धुर्त फलफूल व्यापारीले प्रयोग गर्ने गरेका हुन् । औद्योगिक सामग्री भएकाले बेचबिखनमा रोक लगाउन वा अनुगमन गरेर जफत गर्न पनि गैरकानुनी काम हुन जान्छ ।
बरु काबाईड बिक्रि गर्नेहरुले नै उधोगकालागि हो होइन ख्याल गरेर बिक्रि गरे आफु र आफनो परिवार अनि समाजलाई पनि अखाद्य वस्तु खानबाट जोगाउन सकिन्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget