Websoft University

www.radiomakalu.com || 021-522512


छिमेकीको हत्या गरी भागेका तुम्बापो पक्राउ

Manoj-tumbape

ताप्लेजुङ, साउन ५ गते । गत सोमबार राति छिमेकी देवराज लिम्बूको हत्या गरी फरार रहेका १९ बर्षीय कुन्दन भनिने मनोज तुम्वापोलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति करिव १ बजेतिर खुकुरी प्रहार गरी ५० बर्षीय छिमेकी देवराज लिम्बूको हत्या गरी फरार रहेका मनोजलाई प्रहरीले मंगलबार पाँचथर र तेह्रथुमको सीमाना सिमरा पुलबाट पक्राउ गरेको हो ।

सामान्य विवादपछि मनोजले देवराजलाई उनकै घरमा गएर खुकुरी प्रहार गरी हत्या गरेका थिए । साथै देवराजका छोरा र छोरीलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका थिए । उनीहरुको धरानमा उपचार भइरहेको छ ।

उनलाई कर्तव्य जान मुद्धा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यसैबीच गत बर्षको पुुस २७ गते पाँचथरको रानीगाउँ २ का १९ बर्षीय गोरेहाङ साम्बाहाम्फेको हत्याका फरार आरोपीहरुलाई प्रहरीले ६ महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा फिदिम १ का १९ बर्षीय सुरेन योङया र सोही स्थान का १७ बर्षीय राम लिम्बु रहेका छन् । यस घटनामा संलग्न फिदिम २ बस्ने मनिष योङयालाई भने प्रहरीले घटना लगत्तै पक्राउ गरेको थियो ।

प्रहरीले सुरेन योङयालाई असार ३१ गते झापाको बिर्तामोडबाट र राम लिम्बुलाई साउन २ गते सुनसरीको धरानबाट पक्राउ गरेको पाँचथरका प्रहरी प्रमुख डिएसपी कृष्ण कोइरालाले बताए । उनीहरु दुबैलाई मंगलबार जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।-रविन भट्टराई, अनलाइनखबरबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget