![nimkanta](http://www.ratopati.com/wp-content/uploads/2016/01/nimkanta.jpg)
निमकान्त पाण्डे
हालका दिनहरूमा नेपालको राष्ट्रिय स्वाधीनता संकटको संघारमा देखिएको छ । दक्षिणतिरको छिमेकी मुलुकका सत्तासीनहरू नेपाललाई भूटानजस्तै बनाउन चाहन्छन् भन्ने कुरा उनीहरूबाटै खुलासा भइरहेको छ भने यता देशका ठूला राजनीतिक दलका नेता भनाउँदाहरूले राष्ट्रवादको परिभाषालाई समेत कित्ताकाट गरिरहेका छन् । नेपाललाई भूटानजस्तै बनाएर भारतको सुरक्षा छातामा राख्नुलाई प्रगतिशील राष्ट्रवादको नामाकरण गर्न प्रयास भइरहेको छ भने नेपालको स्वाभिमान र स्वाधीनतालाई कायम राख्दै स्वतन्त्र अस्तित्वका निम्ति लड्न चाहनेहरूलाई मण्डले राष्ट्रवादीको नामाकरण गरी कित्ताकाट गर्ने काम भइरहेको छ । यो स्थिति धेरै पहिलेदेखिको विकसित रूप भए पनि अहिले आएर यो सतहमा देखिन थालेको छ ।
हालैमात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको वाम गठबन्धनको सरकारबाट सत्ता साझेदार नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि त्यसको पक्ष र विपक्षमा चर्का बहसहरू सुरु भएका छन् । विशेष गरी एउटा तप्काले ओलीले प्रधानमन्त्री भएका बेला भारतीय नाकाबन्दी र हस्तक्षेपलाई चुनौती दिँदै मुलुकका पक्षमा अडिग रहेको, मुलुकको समृद्धिका लागि विकासका योजना सार्वजनिक गरेको, भूपरिवेष्ठित मुलुकले छिमेकी मुलुकबाट पाउनुपर्ने पारवहन अधिकारका लागि चीनसँग सम्झौता गरी भारतमाथिको निर्भरता अन्त्य गरेकोलगायतका विषयहरूको चर्चा गर्दै उनले राष्ट्रियताका लागि महत्वपूर्ण काम गरेको दावी गरिरहेको छ ।
ठूलो आकारमा रहेको उक्त समूहले प्रधानमन्त्री ओली राष्ट्रवादी भएको भन्दै उनका पक्षमा खुलेर वकालत गरिरहेको छ । त्यस्तै अर्काे पक्ष अर्थात माओवादी केन्द्र जसले सरकारबाट समर्थन फिर्ता लिइसकेको छ, उसले आफ्नो कदमका विरुद्ध भइरहेका बहस र आलोचनाहरूलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रियताका विषयमा खेलेको भूमिका र हालै ओलीका पक्षमा भइरहेको समर्थनलाई मण्डले राष्ट्रवादको संज्ञा दिँदै आफूहरू त्यसभन्दा फरक अर्थात् ‘प्रगतिशील राष्ट्रवाद’को पक्षमा रहेको स्पष्ट पारेको छ ।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको अभिव्यक्ति र हालका दिनहरूमा माओवादी केन्द्रका केही नेताहरूबाट सामाजिक सञ्जालमा भइरहेका बहसमा मण्डले राष्ट्रवाद मुलुकका लागि घातक हुने भन्दै प्रगतिशील राष्ट्रवाद आवश्यक रहेका तर्कहरू व्यक्त हुने गरेका छन् । यद्यपि प्रगतिशील राष्ट्रवादको आधिकारिक व्याख्या माओवादी केन्द्रबाट बाहिर आएको छैन । सामान्य अर्थमा राष्ट्रवाद भनेको एउटा महत्वपूर्ण भौगोलिक वा डेमोग्राफिक क्षेत्रमा बस्ने व्यक्ति वा समूहले आफ्नो भूगोल, समुदाय र संस्कृति स्वतन्त्र होस् र कतैबाट हस्तक्षेप नहोस् भनेर राख्ने भावनात्मक सोच हो ।
अर्थात मुलुकप्रतिको व्यक्ति वा समूहको भावनात्मक सम्बन्धलाई राष्ट्रवाद वा देश प्रेम भनिन्छ । अंग्रेजी शब्द (नेशनालिज्म) को नेपाली रूपान्तरण यो शब्दलाई अंग्रेजी शब्द ‘प्याट्रियोटिज्म’बाट पनि सम्बोधन गरिन्छ । जसको अर्थ देशभक्ति वा राष्ट्रभक्ति नै हुन्छ । विश्वचर्चित दार्शनिक कार्लमाक्र्सले राष्ट्रवादको दायरालाई फराकिलो बनाउँदै काम गर्ने मानिसहरूका लागि राष्ट्रवादको दायरा नहुने विचार व्यक्त गरेका थिए । उनको यो विचारलाई चुनौती दिन वा खण्डन गर्न सकेको पाईदैन ।
यहाँसम्म कि माक्र्सवादका सच्चा अनुयायी मानिने लेनिनका कट्टर विरोधी ट्राटस्कीमार्गीहरूले पनि माक्र्सको यो चिन्तनलाई पछ्याएको पाइन्छ । तर कम्युनिष्ट आन्दोलनमै रहेका स्टालिनवादी तथा माओवादीहरूले त झन् राष्ट्रवादलाई एउटा मुलुकको समाजवादको सिद्धान्तमा आधारित समाजवादी राष्ट्रवादका रूपमा अथ्र्याएको पाइन्छ । अर्थात् राष्ट्रवादलाई प्रगतिशील र अप्रगतिशील भनेर संसारका कुनै मुलुकमा कम्युनिष्टहरूले कित्ताकाट गरेको इतिहासमा नै भेटिंदैन । तर नेपालमा राष्ट्रवादका विषयमा दुई कम्युनिष्ट पार्टीहरूले एकअर्काले विश्वास गर्ने राष्ट्रवादलाई फरक–फरक अर्थ लगाइदिएको परिस्थितिमा अन्तर्राष्ट्रियस्तरमा कम्युनिष्टहरूले यसलाई कसरी अथ्र्याउँछन् भन्ने विषयले महत्व राख्ने भएकाले राष्ट्रवादका विषयमा अन्तर्राष्ट्रिय धारणालाई उल्लेख गर्न सान्दर्भिक ठानिएको हो ।
माओवादी केन्द्रका केही नेताका अभिव्यक्तिलाई मान्ने हो भने माओवादीले गरेका कामबाहेक अरु जसले जति राम्रो काम गरे पनि त्यसलाई राष्ट्रवाद मान्न नसकिने हुन्छ ।
नेपालको व्यवस्थापिका–संसदमा रहेको सांसद संख्याको हिसाबले वा सडकमा रहेको शक्तिको हिसाबले समेत सबैभन्दा ठूलो संख्या कम्युनिष्टहरूको छ भन्ने कुरा पुष्टि भएकै विषय हो । तर विडम्बना ! नेपालका कम्युनिष्टहरूले एकले अर्काको अस्तित्व स्वीकार गर्दैनन् । जसका कारण शक्तिका हिसाबले पहिलो स्थानमा रहेका कम्युनिष्टहरू दलको संख्याका हिसाबले पनि पहिलो स्थानमै रहेका छन् र हैैसियतका हिसाबले अरुद्वारा शासित भइरहनु पर्ने अवस्थाबीच गुज्रिदै आएका छन् । दलीय द्वन्दका हिसाबले पनि कम्युनिष्टहरू नेपालमा पहिलो स्थानमै देखिन्छन् । हालैको द्वन्द पनि दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको जस्तो देखिन्छ । परन्तु यो द्वन्दमा राष्ट्रवादको कित्ताकाट जुन किसिमले सार्वजनिक भइरहेको छ । यसमा बाह्य शक्तिको स्वार्थ छैन भन्न सकिहाल्ने अवस्था छैन ।
हुन त दुई पार्टीबीचमा राष्ट्रवादलाई हेर्ने दृष्टिकोणमा समानता नहुनु पनि एकले अर्काेको अस्तित्वलाई नस्वीकार्नु नै प्रमुख कारण हो । आफूलाई क्रान्तिकारी वामपन्थी धारमा उभ्याउन चाहने माओवादी केन्द्रले सुधारवादी तथा नरमपन्थी एमाले नेतृत्वको राष्ट्रवादलाई मण्डले राष्ट्रवादको आरोप लगाइरहेको छ । जबकि राष्ट्रवादको सामान्य सिद्धान्तले पनि मुलुकप्रति भावनात्मक रूपमा नजिक भएर मुलुकको हित हुने काम गरिन्छ भने त्यसलाई देशप्रेम वा राष्ट्रवाद नै भन्छ । नेपालको परिवेशमा पछिल्लो समय सरकारले जे–जस्ता कामहरू गरिरहेको छ, त्यसमध्ये मुलुकप्रति बाह्य हस्तक्षेप हुने कामको विरोध हुने तथा आन्तरिक विकासका लागि भएका प्रयासलाई राष्ट्रवाद नमान्नु पर्ने कुनै कारण छैन ।
जहाँसम्म मण्डले राष्ट्रवादको कुरा छ यो प्रत्यक्ष रूपमा राजसंस्थासँग जोडिएको विषय हो । राजसंस्थाले राजगद्दीको निम्ति पनि राष्ट्रघात गर्दैन भन्ने मान्यताका आधारमा राजालाई राष्ट्रवादी मानिदै आएको हो । परन्तु नेपालको राजसंस्थाले आफ्नो शासन टिकाउनका लागि छिमेकीहरूकै हितमा काम गरेका उदाहरणले राजसंस्थालाई राष्ट्रवादी मानिनरहनु पर्ने कुनै कारण देखिँदैन । त्यसमा पनि अहिले राजतन्त्रको अन्त्य भएकाले पुरानै कुराहरूलाई कोट्याइरहनुको कुनै अर्थ देखिँदैन । अर्काे कुरा मुलुकको हितका लागि जो कोहीले पनि सकारात्मक प्रयास गर्न सक्छ र पाउँछ । त्यसैले सकारात्मक काममाथि कुनै विशेषण भिराएर त्यसको गलत अर्थ लगाउनुको तुक रहँदैन ।
तर माओवादी केन्द्रका केही नेताका अभिव्यक्तिलाई मान्ने हो भने माओवादीले गरेका कामबाहेक अरु जसले जति राम्रो काम गरे पनि त्यसलाई राष्ट्रवाद मान्न नसकिने हुन्छ । त्यसो भए माओवादी केन्द्रले परिकल्पना गरेको प्रगतिशील राष्ट्रवादको परिभाषा के हो ? आधिकारिक रूपमा पार्टीको धारणा आउन जरुरी छ । अन्यथा केही नेताहरूले आफ्नो बुद्धिको बिर्काेलाई बन्द गरेर राष्ट्रघाती कामहरू गर्दै जाने आधार निर्माण हुनेछ । विदेशीहरूलाई नागरिकता वितरण गर्नु र विदेशीहरूकै कब्जामा देशको जलसम्पदा पु¥याइनुलाई नै प्रगतिशील राष्ट्रवाद भन्न खोजिएको हो भने किन नेपाली मुकुण्डो लगाउनु प¥यो र ?

Post a Comment