Websoft University

www.radiomakalu.com || 021-522512


दिल्लीमा भएको गोप्य वार्तापछि काँग्रेस र केन्द्रले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको उपप्रधानमन्त्री रावलको दाबी

Bhim_rawal_siting

उप प्रधानमन्त्री भीम रावलले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले दिल्लीमा बसेर वर्तमान सरकार ढाल्ने षडयन्त्र गरेको दावी गर्नुभएको छ । दिल्लीमा भएको बैठक अनुसार नै काँग्रेस र माओवादी केन्द्रकोवीचमा ७ बुँदे सम्झौता भई अविश्वासको प्रस्ताव दर्ता गरिएको उप प्रधानमन्त्री रावलको जिकीर छ ।
सोमवार काठमाण्डौमा आयोजित अन्र्तक्रियामा उप प्रधानमन्त्री रावलले प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको डटेर सामना गर्ने पनि स्पष्ट पार्नुभयो । सो अवसरमा उहाँले प्रमुख राजनीतिक दलहरुकावीच अर्को निर्वाचन नभएसम्म अहिलेकै सरकारले निरन्तरता दिने सहमति भइसकेको वताउनुभयो । एमालेका उपाध्यक्ष समेत रहनुभएका रावलले एमाले सहमतिको पक्षमा रहेको दोहोर्याउँदै यसबाट विचलित नहुने स्पष्ट पार्नुभयो ।
उप प्रधानमन्त्री रावलले सरकार अल्पमतमा परेको नपरेको निक्र्यौल संसदले गर्ने भएकाले यसबारेमा अहिले नै बोल्नु गलत भएको तर्क गर्नुभयो ।

सरकारका सामु थुप्रै विकल्प भए पनि जनतालाई धोका नहोस भनेर कानूनविद्हरुको परामर्शमा अविश्वासको प्रस्तावको सामना गर्ने उपयुक्त विकल्प रोजेको उप प्रधानमन्त्री रावलको कथन छ ।
संसदमा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सरकारलाई थाहै नदिई बैठक स्थगितवारे सभामुखले सूचना टाँस गरेकोप्रति उप प्रधानमन्त्री रावलले आक्रोश व्यक्त गर्नुभयो । साथै उहाँले एमालेले यसबारे साउन ६ गते संसदमा जवाफ माग्ने र त्यसको जवाफ नदिएसम्म एमालेले संसद चल्न नदिने समेत स्पष्ट पार्नुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget