Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधनमार्फत सरकार गठनबारे छलफल गर्न ओलीले बोलाए देउवा र दाहाललाई

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई वार्ताका लागि बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले कानुनविद्हरूसँगको परामर्शबाट यही संविधानअनुसार नयाँ सरकार बनाउन जटिल रहेको र सहमतिमार्फत संविधान संशोधन गरेर नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने सुझाव आएपछि देउवा र दाहालसँग छलफलका लागि बोलाएका हुन्।

‘संवैधानिक जटिलता र अहिलेको राजनीतिक घटनाक्रमका बारेमा कानुनविद्सँगको छलफलपछि उहाँले देउवा र दाहाललाई भेटघाटका लागि बोलाउनुभएको हो,’ उनले भने। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले सोमबार साँझ ५ बजे प्रधानमन्त्रीले देउवा र दाहाललाई बोलाएका छन्।

माओवादी केन्द्रले गठबन्धन छोडेपछि अल्पमतमा परेका ओलीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने अधिकारीले बताए। संसदमा अविश्वास प्रस्ताव खेपिरहेका ओलीले त्यसलाई सामना गर्ने बताइरहँदा प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र दाहालसँग छलफल गर्न लागेका हुन्।- सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget