Websoft University

www.radiomakalu.com || 021-522512


सांसदले भूकम्पपीडितको लगत सङ्कलन गर्ने



भक्तपुर, साउन ५ गते । भक्तपुरमा सुरु हुन लागेको भूकम्पपीडितको लगत सङ्कलन कार्यलाई प्रभावकारी बनाउने निर्णय भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जिल्लाका सांसद र सरोकारवाला निकायबीच भएको छलफलमा लगत सङ्कलन कार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।




छलफलमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेले भूकम्पपीडितको लगत सङ्कलनमा अब कोही छुट्न नहुने बताउँदै पुनःनिर्माणको कार्यलाई छिटो अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले लगत सङ्कलन कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका संयोजक एवम् सांसद अनुराधा थापामगरले एउटै घरमा छुट्टा भिन्नै बसेका भूकम्पपीडित जसको अन्यत्र बास नभएका अवस्थामा त्यस्ता भूकम्पपीडितलाई लगत सङ्कलनमा समेटिनुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा सांसद प्रेम सुवाल, रामेश्वर ढुङ्गेल र केदार सञ्जेलले लगत सङ्कलन कार्यलाई सबैले सघाउनुपर्नेमा जोड दिनुभयो । पुनःनिर्माण प्राधिकरणका सहसचिव खेमराज कोइराला, समितिका सदस्य एवम् प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, लगत सङ्कलन कार्यालयका निर्देशक धर्मरत्न बज्रचार्यलगायतले लगत सङ्कलन कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

छलफलले प्राधिकरणबाट भएका कार्यमा समन्वय र अनुगमन गर्ने, समीक्षा गर्ने, कसैले ऐन विपरित कार्य गरेमा कारबाहीको सिफारिस गर्ने, पुनःनिर्माण कार्यमा समन्वय गर्ने, पुनःनिर्माणमा रकम अपुग भएका थप रकम माग गर्ने निर्णय गरेको छ ।

भूकम्पले जोखिमपूर्ण घर भत्काउने, भग्नावशेष व्यवस्थापन गर्न प्राधिकरण एवम् स्थानीय निकायसँग समन्वय गर्ने, गैससबाट भूकम्पका नाममा भएका काम विवरण सङ्कलन गर्ने, भूकम्पमा परेर भक्तपुर अस्पतालमा उपचार गराएका घाइतेको उपचार खर्च दिन पहल गर्ने निर्णय भएको छ ।

छलफलमा पुनःनिर्माणका क्रममा पीडितलाई काठ, बालुवा गिट्टी, डन्डीलगायत सरल र सहज ढङ्गले उपलब्ध गराउने, भूकम्पबाट भएको क्षति विवरण अविलम्ब तयार गरी छिटो अनुदान रकम वितरण गर्न पहल गर्ने निर्णय गरिएको छ ।

भक्तपुर र मध्यपुरथिमि नगरपालिकाबाट सबै तथ्याङ्क आई नपुगेकाले आजदेखि गर्ने भनिएको लगत सङ्कलन कार्य दुई दिन ढिलो हुने भएको छ । छलफलमा लगत सङ्कलन गर्न घरघरमा जाने टोली भने जनताको आवश्यकताअनुसार बिहानदेखि नै खटिन सक्ने व्यवस्था गरिएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget