Websoft University

www.radiomakalu.com || 021-522512


रिङाएर मात्र छोड्ने योजनामा ओली


kp_oli3

प्रधानमन्त्री बनाइदिनुपर्ने भए मै बनाइदिन्थें, बनाउन नहुने भएकाले मैले प्रचण्डलाई सत्ता हस्तान्तरण नगरेको हुँ । भारी अन्तरको तेस्रो शक्ति बनेका छन्, उपराष्ट्रपति र सभामुखजस्तो महत्वपूर्ण जिम्मेवारी दिइएकै छ ।

अब त्यसमाथि प्रधानमन्त्री पनि तिनैलाई निदुपर्ने ? जनताले कांग्रेस र एमालेलाई सत्ता र प्रतिपक्षीको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएका हुन् । राज्यको महत्वपूर्ण जिम्मेवारीजति तेस्रो दलले पाउनुपर्ने भए पहिलो र दोस्रो दलको भूमिका र जिम्मेवारीचाहिँ के हो नि ?कांग्रेसले गम्भिरतापूर्वक विचार गर्नुपर्छ । कस्तो प्रकारको लोकतन्त्र विकास गर्ने हो भन्ने विषयमा प्रमुख दलहरु गम्भिर हुनुपर्छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निकटवर्ती तथा नेपाली कांग्रेससम्बद्व नेताहरुसँग भेट हुँदा उपरोक्त अभिव्यक्ति दिने गरेका छन् ।


स्थानीय निर्वाचन सम्पन्न गराएर मात्र सत्ता छोड्ने बताउँदै आएका ओलीले कांग्रेसको मायाले भन्दा प्रचण्ड र माओवादीप्रतिको वितृष्णाका कारण ‘त्यस किसिमको’ धारणा व्यक्त गरेको बुझन सकिन्छ, तर ओलीको अभिव्यक्तिलाई कांग्रेसका कतिपय नेताले गम्भिरतापूर्वक लिएका छन् ।

कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुन्छ भन्ने त्यस्तो अवसर गुमाउन नहुने मत कांग्रेसमा बलवान बन्दै गएको छ । तर, माओवादीलाई राजनीतिक बेइमानी गनुहुँदैन भन्नेहरु पनि कम छैनन् ।स्वयम् पार्टी सभापति शेरबहादुर देउवा माओवादीलाई अलपत्र बनाएर छोड्नु नहुने धारणा राख्छन् । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget