Websoft University

www.radiomakalu.com || 021-522512


सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या

 


भोजपुर, साउन ७ गते  । वर्षात्का कारण सडक अवरुद्ध भएपछि भोजपुरको पूर्वी चम्पे गाविसका स्थानीयवासीलाई खाद्यान्नलगायतका सामग्री ढुवानीमा समस्या भएको छ ।

प्याउलीदेखि चम्पे हुँदै हिलेभन्ज्याङ जोड्ने करिब सात किमी सडक पहिरोका कारण अवरुद्ध हुँदा स्थानीयवासी मारमा परेका हुन् । त्यसैगरी, प्याउली, याङपाङ हुँदै बोक्ताम जोड्ने सडक पनि वर्षात्को कारण भत्केको छ ।

चम्पे गाविसको वडा नंं ४ र ५ का मानिस करिब तीन घन्टाभन्दा बढी समय लगाएर दैनिक उपभोग्य सामग्री पिँठ्युमा बोक्न बाध्य बनेको स्थानीय सरस्वती फुँयालले बताउनुभयो ।

गाविसको टोल–टोलमा सडक पु¥याउने उद्देश्यका साथ खनिएका विभिन्न सडक एकपटक एस्काभेटर लगाएर छोडेकाले लाभभन्दा बढी हानी व्यहोर्नुपरेको स्थानीयवासीको गुनासो छ ।

विभिन्न सडक विस्तार तथा स्तरोन्नतीका लागि बजेट विनियोजन भएपनि सार्वजनिक सुनुवाइ नगर्ने तथा ठेकेदारले आफुखुसी काम गरेकाले स्थानीयवासी अझ मारमा परेको अर्का स्थानीय रामचन्द्र्र दाहालले गुनासो गर्नुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget