Websoft University

www.radiomakalu.com || 021-522512


अश्विनको खतरनाक बलिङ



घरेलु वेष्ट इन्डिजविरूद्धको पहिलो एन्टिगुआ टेष्ट भारतले इनिङ र ९२ रनले जितेको छ। रविचन्द्रन अश्विनले दोस्रो इनिङमा खतरनाक बलिङ गरेपछि वेष्ट इन्डिज आफ्नो घरेलु मैदानमा पहिलो पल्ट ठूलो अन्तरले पराजित भएको हो। भारतले पहिलो इनिङमा बनाएको ५ सय ६६ रन पछ्याउने क्रममा वेष्ट इन्डिजले पहिलो इनिङमा २ सय ४३ र दोस्रो इनिङमा २ सय ३१ रन बनायो।

११ वर्षअघि वेष्ट इन्डिज सन् २००५ मा बार्बडोसमा दक्षिण अफ्रिकासँग इनिङ र ८६ रनले पराजित भएको थियो। भारतको भने एसियाबाहिर कुनै पनि टिमलाई ठूलो अन्तरले हराएको यो पहिलो टेष्ट हो। सन् २००५ मै बुलाबाओ टेष्टमा भारतले जिम्बाबेलाई इनिङ र ९० रनले हराएको थियो। यस्तै, पछिल्लो २४ टेष्टमा भारतको एसियाबाहिर तेस्रो टेष्ट विजय हो।

भारतले २०११ मा जमैकामा वेष्ट इन्डिजलाई नै र २०१४ मा लर्ड्समा इङ्ल्यान्डलाई पराजित गरेको थियो। पहिलो टेष्ट विजयका लागि दोस्रो इनिङमा ८३ रन खर्चेर ७ विकेट लिएका अश्विनको वेष्ट इन्डिजमा अहिलेसम्मकै कुनै पनि भारतीय बलरभन्दा उत्कृष्ट प्रदर्शन हो। सन् १९५३ मा पोर्ट अफ स्पेनमा सुवास गुप्तेले १ सय ६२ रन खर्चेर ७ विकेट लिएका थिए।

भारतको पहिलो इनिङमा सतक पनि बनाएका अश्विनलाई म्यान अफ दि म्याच घोषित गरिएको थियो। टेष्टमा उनी पाँचौ पल्ट उत्कृष्ट छानिएका हुन। उनले ३३ टेष्टमा १७ पल्ट एउटै इनिङमा ५ विकेट लिने स्पिनरको नयाँ कीर्तिमान पनि बनाएका छन। यसअघि अस्ट्रेलियाका क्लेरी ग्रिमेटले ३३ टेष्टमा १६ पल्ट यो कीर्तिमान बनाएका थिए। तीब्र बलरमा पाकिस्तानका वकार युनुसको नाममा १९ पल्ट एउटै इनिङमा ५ विकेट लिने कीर्तिमान छ।- सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget