Websoft University

www.radiomakalu.com || 021-522512


जाँदाजाँदै प्रचण्डलाई ओलीका सात प्रश्न !



एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमनमन्त्री पदबाट राजीनामा दिदै व्यवस्थापिका संसदमा आफूले अघि सारेका योजनाबारे चिन्ता व्यक्त गरेका छन् ।

व्यवस्थापिका संसदमा सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिएपछि राजीनामा दिनु अघि प्रधानमन्त्री ओलीले आफ्ना योजनाबारे चिन्ता व्यक्त गरेका हुन् ।
ओलीले भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सात गम्भीर प्रश्न गरेका छन् ।



ओलीले काठमाडौँ–निजगढ फास्ट ट्रयाक, केरुङ–काठमाडौँ–पोखरा र लुम्बिनी रेलसेवा, हुलाकी राजमार्ग, भैरहवा र निजगढ विमानस्थल, सामाजिक सुरक्षा भत्तादेखि प्रमाणपत्र धितो राखेर विद्यार्थीलाई ऋण दिने योजनासम्मका विषयमा चिन्ता व्यक्त गरे ।
ओलीले नयाँ बन्ने प्रचण्ड नेतृत्वको सरकारलाई लक्षित गरेर गरेका सात प्रश्न

-काठमाडौँ–निजगढ फास्ट ट्रयाकको भविष्य अब के हुन्छ ?
-केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलसेवा के गर्नु हुन्छ ?
-बर्षौदेखि अलपत्र तराईको हुलाकी राजमार्गलाई फेरि पुरानै नियतिमा फर्काउनु हुन्छ कि ?
-दुई बर्षमा उर्जा र कृषिमा आधारभूत रूपमा आत्मनिर्भरता सम्भव तुल्याउने हाम्रा योजनालाई के गर्नुहुन्छ ?
-भैरहवा र निजगढ विमानस्थल जस्ता महत्वपूर्ण योजनालाई के गर्नु हुन्छ ?
-जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, लोपोन्मुख र अल्पसङ्ख्यक समुदायका लागि अगाडि सारिएको सामाजिक सुरक्षाका कार्यक्रमलाई के गर्नु हुन्छ ?
-शैक्षिक प्रमाणपत्र धितो राखेर युवा विद्यार्थीलाई ऋण दिने योजनालाई के गर्नुहुन्छ ? – अन्नपुर्ण पोष्ट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget