Websoft University

www.radiomakalu.com || 021-522512


बंगलादेशमा हिन्दु पुजारीको निर्मम हत्या



काठमाडौं , असार १७ गते ।बंगलादेशमा एकपटक फेरि हिन्दु पुजारीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । स्थानीय पुलिसका अनुसार उनको हत्याको कारण पत्ता लाग्न सकेको छैन भने घटनामा संलग्नको आशंकामा कसैलाई पनि पक्राउ गरिएको छैन ।

राजधानी ढाकाबाट दक्षिण पश्चिममा ३०० किलोमिटर टाढा झिन्याद जिल्लाको एक मन्दिरमा ४५ वर्षीय श्याकमनोन्दानको शव फेला परिएको पुलिसले जानकारी दिएको छ । झिन्याद जिल्लाको प्रशासनिक अधिकारी महबूबर रहमानका अनुसार शुक्रबार बिहान पुजारी श्यायमनोन्दाक पूजाको लागि फूल लिन जाँदा उनलाई मोटरसाइकलमा सवार तीन युवकले धारिलो हतियार प्रहार गरेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको हो । हत्या गर्ने तीन व्यक्ति फरार रहेका छन् ।- रातोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget