Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्रीले भने- विधेयक पास गरे पनि हुन्छ, फेल गरे पनि हुन्छ

KP-Sharma-Oli

काठमाडौं, साउन ६ गते । सभामुख ओनसरी घर्तीको पहलमा बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

संसद बैठकको एजेण्डालाई लिएर प्रमुख दलहरु विभाजित भएपछि सभामुखले बिहीबार प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

सभामुखकै कार्यकक्षमा बसेको बैठकमा कांग्रेस-माओवादी र एमाले नेताहरुले आ-आफ्नै अडान दोहोर्‍याएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले असार २९ र ३१ गते संसदको बैठकको कार्यसूचीमा रहेको बजेटसँग सम्वन्धित तीन विधेयक कसरी हट्यो भन्ने प्रश्न गरेका छन् । कार्यसूचीमा रहेको विषय हट्न कुनै आधार चाहिन्छ कि चाहिँदैन भन्दै उनले प्रश्न गरे ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पहिलो तीन विधेयक संसदको एजेण्डा बन्नु पर्ने बताए । प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘चाहे पास गरिदिनुस्, चाहे फेल गरिदिनुस् तर, त्यसलाई एजेण्डा बनाउनुपर्छ ।’

कांग्रेस र माओवादी नेताहरुले भने अविश्वासको प्रस्ताव दर्ता भइसकेको भन्दै यसलाई अघि बढाउन माग गरे ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget