Websoft University

www.radiomakalu.com || 021-522512


गोविन्द केसीबारे प्रधानमन्त्रीः बाँच्न पाउने अधिकारको पत्र आयो, उहाँ भात नखाएर बस्नुभएको छ !

एमाले नेतागणलाई ओलीले भने- म त छक्क परेँ !
काठमाडौं, साउन ६ गते । नेकपा एमालेका नेताहरुले ‘मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक’ तत्काल अघि बढाउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीको प्रशंग उक्काएका छन् ।

बालुवाटारमा सत्तारुढ दलका नेताहरुको बैठक चलिरहेका बेला भरतमोहन अधिकारी, राजेन्द्र पाण्डेसहितका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । टोलीले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई आठबुँदे माग पत्रसमेत बुझायो ।

ज्ञापन पत्र बुझाउँदै नेता पाण्डेले संसदको महिला बालबालिका समितिमा रोकिएको विधेयक अघि बढाउन आग्रह गरे । यो समितिको सभापति एमाले सांसद रञ्जु झा छिन् ।

लगत्तै प्रधानमन्त्री ओलीले संसदको केही समितिले बडो सक्रिय रहेछ भन्दै व्यंग्य गरे । सामाजिक न्याय तथा मानवधिकार समितिप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, डा. गोविन्द केसीको बाँच्न पाउने अधिकार सरकारले रक्षा गरिदिनुपर्‍यो भनेर पत्र आयो, म त छक्क परेँ ।’

प्रधानमन्त्रीले अघि भने, उहाँहरु डा. केसीको बाँच्न पाउने अधिकारको कुरा गर्नुुहुन्छ, उहाँ भात नखाएर बस्नुभएको छ ।’

सत्तारुढ राप्रपा नेपालका सांसद सुशीलकुमार श्रेष्ठ सभापति रहेको यो समितिले हालै मात्र डा. केसीलाई भेटेर उनको जीवन रक्षाका लागि सरकारलाई आग्रह गरेको थियो ।

समितिका सभापतिसहितको टोली डा. केसीलाई भेट्न अनसनस्थल शिक्षण अस्पताल पुग्दा समितिका रहेका एमाले सांसदहरु भने अनुपस्थित थिए ।

प्रधानमन्त्रीलाई भेटेपछि एमाले सांसद तथा नेताहरुले डा. गोविन्द केसीको नाम नलिए कुनै एक व्यक्तिले विरोध गर्दैमा आफूहरुको कामलाई रोक्न नपाइने बताएका छन् ।

त्रिविले सम्वन्धन नदिएपछि स्वास्थ्य मन्त्रालयमार्फत मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउने खोजिएको छ ।

पूर्वअर्थमन्त्री समेत रहेका भरतमोहन अधिकारीले भने- हाम्रो भनाइ के भने संविधान कानुनको मस्र्यादा राखौं । संसदको प्रक्रियामा आएको विधेयक छ, त्यसलाई रोक्ने भन्ने ? कानुन संविधान मिच्ने ? हामीलाई अन्याय भएको छ, न्याय दिनुस् प्रधानमन्त्री भन्ने हाम्रो आग्रह छ ।’

प्रधानमन्त्री ओलीले सकारात्मकरुपमा हेर्छु भन्ने आश्वासन दिएको नेता अधिकारीले जानकारी दिए ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget