Websoft University

www.radiomakalu.com || 021-522512


ताप्लेजुङमा पहिरोले चार घर विस्थापित



काठमाडौं,साउन १० गते । घर माथिबाट झरेको पहिरोका कारण ताप्लेजुङको नाल्बुमा चार घर परिवार विस्थापित भएका छन् ।

आइतबार नाल्बो ५ मा पहिरो झर्दा श्यामबहादुर सावा (लिम्बु), समिर नाल्बो (लिम्बु), सन्जमान सेरेङ चोम्वाङ (लिम्बु) र मनिहाङ सेरेङ चोम्वाङ (लिम्बु) को परिवार विस्थापित भएका हुन् ।

पहिरोले श्यामबहादुरको घर भत्काएको छ भने बाँकिको घर नजिकैबाट पहिरो गएकाले उनीहरु विस्थापित भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।

पहिरोले घर भत्काउँदा श्यामबहादुरको पाँच लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । उनीहरुले अहिले विस्थापित भएर छिमेकिको शरणमा बसेका छन् । निरन्तरको वर्षाको कारण अहिले पनि पहिरो भरिरहेको स्थानीयले बताएका छन् ।

यसैबीच ताप्लेजुङको तापेथोक गाविसका पहिरो प्रभावित परिवारलाई कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले राहत रकम प्रदान गरेको छ ।



गत असार ३१ गते राति तापेथोक ८ सोत्लिम्मा मा गएको पहिरोबाट विस्थापित बनेका १२ परिवार लाई एक लाख दुई हजार रुपैयाँ राहत रकम प्रदान गरेको परिषदका अध्यक्ष खगेन्द्र फेम्बु (लिम्बु) ले बताए ।

विस्थापित मध्ये बेपत्ता मनिता राईका श्रीमान देउमान राईको परिवारलाई ४५ हजार, एक हल गोरु गुमाएको एक परिवारलाई सात हजार र बाँकि १० परीवारलाई पाँच हजारका दरले राहत रकम प्रदान गरीएको हो ।

उनीहरुलाई राखिएको तापेथोकको अस्थाई आवासमानै पुगेर रकम हस्तान्तरण गरीएको अध्यक्ष लिम्बुले बताए । असार ३१ गते राति गएको पहिरोमा भाग्ने क्रममा देउमान राईकि २८ वषिर्य मनिता राई बेपाता भएकि थिईन भने १२ घर परिवारलाई दुई दिन पछि उद्धार गरी सुरक्षीत स्थानमा सारिएको थियो ।-रविन भट्टराई,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget