Websoft University

www.radiomakalu.com || 021-522512


आन्तरिक एकता सुदृढ गरेर राष्ट्रियता समृद्ध गर्न सकिन्छ – दाहाल


काठमाडौँ, साउन ९ गते । नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण प्रक्रियादेखि नै असन्तुष्टि व्यक्त गर्दै आएका मधेसकेन्द्रित दल, आदिवासी जनजाति र थारू समुदायको माग सम्बोधन गर्दै आफू नयाँ आधारमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी९नेकपा०का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आन्तरिक एकता सुदृढ गरेर मुलुकको राष्ट्रियतालाई समृद्ध गर्न सकिनेमा जोड दिनुभयो ।

उहाँले कोही कसैलाई चिढ्याएर र उनीहरुको मानमर्दन गरेर मुलुक कहीँ पनि पुग्न नसक्ने स्पष्ट पार्नुभयो । नेपालको संविधानको प्रभावकारी कार्यान्वयन नै आजको प्रमुख कार्यभार हो भन्दै नेता दाहालले भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्दै राष्ट्रिय समस्या समाधान गर्न नयाँ बन्ने सरकार लागिपर्ने उल्लेख गर्नुभयो ।

स्मृति सभामा नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेललगायतले नेकपा स्थापनादेखि कम्युनिस्ट आन्दोलनका क्रममा कर्माचार्यले खेल्नुभएको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget