Websoft University

www.radiomakalu.com || 021-522512


प्राधिकरणलाई रु. ८४ अर्ब खर्च गर्न अख्तियारी

Reconstruction-Authority

काठमाडौँ, साउन ९ गते । भूकम्पपछिको पुनःनिर्माणका लागि चालू आर्थिक वर्षमा करिब ८४ अर्ब रुपियाँ खर्च गर्न अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई अख्तियारी दिएको छ । उक्त रकममध्ये १२ अर्ब २८ करोड ९६ लाख २८ हजार रुपियाँ नेपाल सरकारको स्रोतबाट बेहोरिने प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै वैदेशिक सहायताअन्तर्गत नगद अनुदानतर्फ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)बाट एक अर्ब ८३ करोड ३५ लाख रुपियाँ, युरोपियन युनियनबाट ११ अर्ब रुपियाँ, चीन सरकारबाट ५० करोड रुपियाँ, पुनःनिर्माण संयुक्त कोषबाट एक अर्ब ५० करोड रुपियाँ, भारतबाट १२ अर्ब ५० करोड रुपियाँ रहेको छ । जर्मनी केएफडब्लूबाट तीन अर्ब रुपियाँ, कोरियाबाट ८५ करोड रुपियाँ, एसियाली विकास बैङ्कबाट ९८ करोड रुपियाँ रहेको प्राधिकरणका प्रवक्ता राम थपलियाले जानकारी दिनुभयो ।
ऋणतर्फ आईडीएबाट १३ अर्ब २५ करोड ८७ लाख ७७ हजार रुपियाँ, एसियाली विकास बैङ्कबाट नौ अर्ब ५५ करोड ५२ लाख ७६ हजार रुपियाँ, यस्तै जाइकाबाट ११ अर्ब ६६ करोड ५३ लाख ५८ हजार रुपियाँ र आईएमएफबाट पाँच अर्ब रुपियाँको स्रोत जुटाएर पुनःनिर्माणमा खर्च गरिने योजना छ ।
सरकारले बजेट वक्तव्यमा भूकम्पपछिको पुनःनिर्माणका लागि चालू आर्थिक वर्षका लागि एक खर्ब ४२ अर्ब रुपियाँ व्यवस्था गरेको छ ।
गत वर्ष अर्थ मन्त्रालयबाट चारवटा खर्च शीर्षकमा रकम विनियोजन गरेकाले स्रोतान्तर रकमान्तरलगायतको प्रक्रियामा बढी समय लागेको थियो । यसपटक १३ वटा खर्च शीर्षकमा रकम विनियोजन भएकाले सम्बन्धित निकायमा रकम विनियोजन गर्न सहज हुने प्राधिकरणको विश्वास छ ।
विपद्पछिको आवश्यकता आकलन प्रतिवेदन (पीडीएनए) र पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी पञ्चवर्षीय योजनाको खाका (पीडीआरएफ)मा उल्लेख भएका क्रियाकलापलाई विषयगत मन्त्रालयको बजेट सूचना प्रणालीमा प्रविष्ट गराएको आधारमा सम्बन्धित निकायहरूबाट कार्यक्रमहरू प्राप्त गरी प्राधिकरणको कार्यकारी समितिले नीतिगत निर्णय गरेका आधारमा बजेट निकास गरिने व्यवस्था छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget