Websoft University

www.radiomakalu.com || 021-522512


उपत्यकाका विश्व सम्पदा खतराको सूचीमा पर्ने सम्भावना कायमै

काठमाडौँ, साउन ९ गते । काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा खतराको सूचीमा पर्ने सम्भावना एक वर्षका लागि टरेको छ ।
२०७२ सालको भूकम्पले ध्वस्त पारेको काठमाडौँ उपत्यकाको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको पुनःनिर्माण निकै सुस्त रहेको, नेपालले अधिकांश सम्पदा पुनःनिर्माण गर्न नसक्ने, पुनःनिर्माणका लागि नेपालले स्रोतको व्यवस्थापन गर्न नसक्नेलगायतका कारण देखाउँदै खतराको सूचीमा राख्ने प्रस्ताव तयार भई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घ (युनेस्को)को ४०औँ अधिवेशनमा प्रस्तुत भएको थियो ।
टर्कीको राजधानी स्तानबुलमा असार २६ देखि साउन ५ गतेसम्म आयोजित युनेस्कोको अधिवेशनमा ब्युरो कमिटीका २१ मध्ये १८ सदस्य नेपालका पक्षमा उभिएपछि काठमाडौँ उपत्यकामा विश्व सम्पदा खतराको सूचीमा सूचीकृत हुनबाट जोगिएको छ । बैठकमा नेपालले सम्पदाको पुनःनिर्माण र संरक्षण गर्ने प्रतिबद्धता दोहो¥याएको थियो ।
सो बैठकमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव प्रेमकुमार राईले आफूहरूले निकै आग्रह गरेपछि बहुमतबाट प्रस्ताव अस्वीकृत भएको जानकारी दिँदै भन्नुभयो, “हामीले पुनःनिर्माणका लागि समय माग गरेका छौँ । नेपाललाई समय दिइनुपर्छ भनेर १८ सदस्यले हाम्रा पक्षमा मत जाहेर गरे । तत्कालका लागि खतराको सूचीमा पर्नबाट टरे पनि यसबाट मुक्त हुन अब पुनःनिर्माण गर्नैपर्छ । ”
उपत्यकाभित्रको हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, स्वयम्भू, बौद्ध र चाँगुनारायणलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत
गरेको थियो ।
पुरातŒव विभागका महानिर्देशक भेषनारायण दाहालले भूकम्पपछि सम्पदा संरक्षण र पुनःनिर्माणमा भएका कामको अनुगमन गर्न युनेस्कोको ‘रिआक्टिभ मोनिटरिङ मिसन’लाई काठमाडौँ पठाउने निर्णय गरेको जानकारी दिनुभयो । “आगामी जनवरीमा मिसन यहाँ आउनेछ”, उहाँले भन्नुभयो, “त्यतिन्जेलमा हामीहरूको निर्माणकार्य सन्तोषजनक नदेखिएमा खतराको सूचीबाट मुक्त रहने अवस्था रहँदैन । ”
भूकम्प प्रभावित जिल्लाका ७५३ वटा सम्पदा क्षतिग्रस्त भएका थिए । तीमध्ये ४८ वटा सम्पदाको पुनःनिर्माणका लागि टेन्डर आह्वान गरिएको छ । हनुमानढोका दरबार क्षेत्रको त्रैलोक्यमोहन मन्दिर, स्वयम्भूनाथको अनन्तपुरलगायत सम्पदा पुनःनिर्माण गर्न टेन्डरसम्बन्धी कार्य सम्पन्न भइसकेको छ भने अन्य सम्पदाको अनुमानित लागत अनुमान तयार भइसकेको छ ।
संस्कृति सचिव राईले सम्पदा पुनःनिर्माणमा गम्भीर हुनुपर्ने भन्दै अबको केही महिनाभित्र प्रगति देखाउन नसके क्षति भोग्नुपर्ने बताउनुभयो ।
सर्वोच्च शिखर सगरमाथामा भएको फोहोरको विषयमा पनि युनेस्कोको अधिवेशनमा प्रस्ताव प्रस्तुत गरिए पनि टर्कीमा भएको सैनिक कुका कारण बिनाछलफल टुङ्गिएको थियो । सो घटनाका कारण अधिवेशन निर्धारित समयभन्दा छ दिनअघि नै समापन गरिएको थियो । आगामी ४१औँ अधिवेशनमा पशुपतिनाथ क्षेत्रलाई असर पर्ने गरी निर्माण गरिएको सडक र सगरमाथामा बढ्दै गएको फोहोरका बारेमा छलफल हुने निश्चित भएको बताइएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget