Websoft University

www.radiomakalu.com || 021-522512


बंगलादेशमा दुई दिने राष्ट्रिय शोक घोषणा

आतकंवादलाई निमिट्यान्न पार्ने प्रधानमन्त्री शेख हसिनाको संकल्प

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना
काठमाडौं, असार १९ गते  । बंगलादेशको ढाकास्थित क्याफेमा भएको आतकंवादी आक्रमणपछि बंगलादेश सरकारले दुईदिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गुलशन इलाकामा शनिबार भएको आक्रमणमा १७ विदेशीसहित २० जनाको हत्या भएको थियो ।

बंगलादेशको सेनाका प्रवक्ताले बताएअनुसार आइएसआइएस लडाकूहरुले बन्धक बनाइएका अधिकांशलाई धारिलो हतियारले रेटेर बिभत्स तरिकाले हत्या गरेका थिए । जवाफी कारबाहीमा ६ आतंकवादी मारिएको र एक जनालाई जिउँदै पक्राउ गरिएको थियो ।

आतकंवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आतकंवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता जनाइन् । उनले रमजान जस्तो पवित्र चाडका बेला मुस्लीम समुदायलाई नै हत्या गर्ने कस्ता मुसलमान हुन् भनेर प्रश्न गरिन् ।

हसिनाले भनिन्, ‘उनीहरु कस्ता खालका मुसलमान हुन् ? जसले रमजानको असल सन्देशको उल्लंघन गरे र हत्या गरे । जुन तरिकाले उनीहरुले हत्या गरे त्यो सैह्य छैन । उनीहरुको धर्म छैन । आतंकवाद नै उनको धर्म हो ।’

उनले आतकंवादी र हिंस्रक चरमपन्थीहरुको सफाया गर्नका लागि कुनै कसर बाँकी नराख्ने संकल्प पनि लिएकी छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget