भक्तपुर,असार १९ गते । भक्तपुर नगरपालिका–१७ सल्लाघारी निकोसेरा नजिकै टाटा मोबाइलले ठक्कर दिँदा आइतबार एक पैदलयात्रीको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालका अनुसार शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।
टाटा मोबाइलका चालक काभ्रे सौवास घर भई हाल नगरकोट नगरपालिका ताथली बस्ने २४ वर्षीय विशाल प्रधानलाई सवारी सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।-अनलाइनखबरबाट
Post a Comment