Websoft University

www.radiomakalu.com || 021-522512


एक वर्षभित्र बाग्मती ढलमुक्त बनाइँदै

काठमाडौँ, साउन ७ गते । एक वर्षभित्र बाग्मती नदी ढलमुक्त हुने भएको छ । नदीका दुवै किनारमा ढल सञ्चालन गरिएपछि अब नदीको पानी प्रदूषण हुनबाट रोकिने भएको छ ।
गोकर्णदेखि बल्खु पुलसम्म ढल सञ्चालनमा आएको अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । बल्खु पुलदेखि सुन्दरीघाटसम्मको क्षेत्रमा आगामी एक वर्षमा ढल राख्ने काम सम्पन्न गरिने भएको छ । बाग्मती ढल सुधार आयोजनाका उपप्रमुख योगेन्द्र चित्रकारले भन्नुभयो, “बल्खु पुलदेखि सुन्दरीघाटसम्म हामीले आउने सालको साउनसम्ममा सक्छौँ, त्यसपछि बाग्मती पूर्ण रूपमा ढलमुक्त हुनेछ । ”
नदीका दुवै किनारमा हालसम्म ४० किमि ढल बिछ्याइएको छ । गोकर्णदेखि बौद्ध, जोरपाटी हँुदै पशुपति क्षेत्रसम्म बाग्मती ढलमुक्त छ । गुह्यश्वरीमा सो क्षेत्रको ढल प्रशोधन हँुदै आएको छ । तिलगङ्गादेखि बल्खु पुलसम्म दुवैै किनारमा ढल बिछ्याइको छ । हाल मनोहरा दोभानसम्म ढल सञ्चालनमा रहेको चित्रकारले बताउनुभयो ।
उहाँका अनुसार शङ्खमूल, कालमोचन, टेकुपचली जस्ता पुराताŒिवक स्थलहरूमा ढल बिछ्याउन नपाइने भएकाले सो क्षेत्रमा एकतर्फीमात्र बिछ्याइएको छ । उपप्रमुख चित्रकारले भन्नुभयो, “२०५२ सालदेखि समितिको मुख्य उद्देश्य बाग्मतीलाई ढलमुक्त बनाउने भएको र सोहीअनुसार काम भएको छ, अब छिट्टै बाग्मती ढलमुक्त हँुदैछ ।
 ”
बाग्मती मात्र होइन, उपत्यकाका अन्य नदी तथा खोलाहरू पनि ढलमुक्त हँुदैछन् । धोबीखोलालाई ढलमुक्त बनाउने काम भइरहेको छ । खोलाको बायाँतर्फ गोपीकृष्णदेखि धोबीखोला बाग्मती पुलसम्म ढल बिछ्याइएको छ । दायाँतर्फ ढल राख्ने काम भइरहेको समितिले जनाएको छ । दुवैतर्फ गरी १२ किमि राख्नुपर्नेमा हालसम्म छ किमि ढल राखिसकिएको छ ।
त्यस्तै विष्णुमती नदीलाई पनि ढलमुक्त बनाउने काम भइरहेको छ । महादेवखोला विष्णुमती दोभानदेखि बाग्मतीको टेकु दोभानसम्मको क्षेत्रमा ढल बिछ्याउन ठेक्का प्रक्रिया भइसकेको उपप्रमुख चित्रकारले बताउनुभयो ।
ढलको फोहोर पानी प्रशोधनका लागि विभिन्न स्थानमा प्रशोधन केन्द्र निर्माण गरिनेछ । गुह्यश्वरी, बालकुमारी, सल्लाघारी र सुन्दरीघाटमा ढल प्रशोधन केन्द्र निर्माणका लागि काम अगाडि बढिसकेको बताइएको छ । सुन्दरीघाटको मलपोखरीमा अन्तिम ढल प्रशोधन केन्द्र हुनेछ । प्रशोधन गरिएको पानी बाग्मती नदीमा मिसाइने छ । प्रशोधन केन्द्र निर्माणको काम मेलम्ची खानेपानी उपआयोजना–२ ले गर्ने भएको छ ।
समितिका अनुसार हनुमन्ते र मनोहरा खोलामा पनि ढल निर्माण र प्रशोधन केन्द्र उपआयोजनाले गर्नेछ । प्रशोधन केन्द्र निर्माणको प्रक्रिया सुरु भएको मेलम्ची आयोजना अन्तर्गतको उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले जानकारी दिनुभयो ।
गोकर्णदेखि गुह्यश्वरीसम्म दुई फिट व्याससम्मको ढल बिछ्याइएको छ भने त्यसपछि क्रमशः बृद्धि गरिँदै लगिएको छ । बल्खु पुलसम्म ६.५ फिटको ढल बिछ्याइएको छ । हाल निर्माण गरिएको ढलमा घरहरूको ढलबाट आउने फोहोरलाई केन्द्रित गरिएको छ । वर्षाको पानी मिसाउने सडकको ढलमा घरको ढल मिसाइदिएर समस्या भएको चित्रकारको भनाइ छ । सडकको ढल बाग्मती नदी किनारमा निर्माण गरिएको ढलमा मिसाइनेछैन ।
समितिले ढल निर्माणका साथै नदी नियन्त्रण तथा धार परिवर्तन कार्य, सडक निर्माण, हरियाली क्षेत्र विकास कार्य तथा नदीको वातावरणीय सुधारका काम गर्दै आएको छ । ढल निर्माणकार्य अन्तर्गत बौद्ध, मित्रपार्क, जोरपाटी क्षेत्रमा ढल सुधार १२ किमि सम्पन्न भएको छ । गोकर्ण–गुह्यश्वरी–तिलगङ्गा–मनोहरा–शङ्खमूल, बल्खु–सुन्दरीघाट खण्डको बाग्मती नदीका दुवै किनारामा २२ किमि र धोबीखोला करिडोरमा गोपीकृष्ण कुमारीस्थानसम्म बायाँतिर ६.०२ किमि निर्माण सम्पन्न भएको छ ।
त्यस्तै नदी किनारमा हालसम्म ११.०५ किमि सडक निर्माण भएको छ । गोकर्ण–गुह्यश्वरी चार किमि, तिलगङ्गा–सिनामङ्गल ३.२३ किमि, मीनभवन–मनोहरा ३.८२ किमि सडक निर्माण सम्पन्न भएको समितिले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget