Websoft University

www.radiomakalu.com || 021-522512


स्कुलबसमा आगजनी गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

School-Bus

काठमाडौं,साउन ७ गते । नेपाली कांग्रेसले बिहीबार बिहान ताहाचलमा भएको बिद्यालयको बालबालिका बोक्ने बसमा आगजनी गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

बिद्यार्थी बोकेर गुडेको बसमा आगजनी भएको घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले आतंककारी शैलीमा गरिएको आगजनीको धोर भत्र्सना गरेको छ ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा अज्ञान समूहबाट भएको यस घटनाले स्कुल हिँडेका बिद्यार्थी र उनीहरुका अबिभावकमा मानसिक तनाव दिएको साथै बालअधिकारको गम्भीर हनन् गरेको समेत उल्लेख गरिएको छ ।

साथै अत्यबश्यकीय सवारीसाधनमा यस्तो निकृष्ट तवरले हमला नगर्न पनि कांग्रेसले चेतावनी दिएको छ ।

बिद्यालयको सवारीमाथि आक्रमण गर्नेजस्ता आपराधिक कृयाकलाव रोक्न र यस घटनामा संलग्न व्यक्तिहरुलाई कडा भन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget