Websoft University

www.radiomakalu.com || 021-522512


मोटरसाइकलको ठक्करले बालिकाको मृत्यु

 

रत्ननगर (चितवन), ७ साउन । पूर्वी चितवनको खैरहनीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

बिहीबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी ती बालिकाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्करबाट मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ निवासी विकास दराईकी ५ वर्षीया छोरी मुस्कान दराई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

खैरहनी नगरपालिका–३ स्थित सडकमा ना ३८ प ८३०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget