Websoft University

www.radiomakalu.com || 021-522512


साथीबीचको झगडामा घाइतेको मृत्यु

 

खोटाङ, साउन ७ गते । साथी–साथीबीचको आपसी झगडामा गम्भीर घाइते बनेका बुइपा–६ का २७ वर्षीय मनिकुमार राईको उपचारको क्रममा मृत्यु भएको छ ।

नुनथला–१ का ३३ वर्षीय भक्तबहादुर राईसँग झगडा हुँदा गम्भीर घाइते बनेका राईको बिहीबार साँझ उपचारको क्रममा मृत्यु भएको हो ।

साउन ५ गते बुधबार साँझ नुनथलामै भएको झगडामा गम्भीर घाइते बनेका राईको भक्तबहादुरकै घरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।

झगडामा गम्भीर घाइते बनेका राईलाई स्वास्थ्य संस्थामा नलगी घरैमा उपचार गराएकाले मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

मनिकुमारको मृत्यु भएलगत्तै झगडामा संलग्न भक्तबहादुरलाई बिहीबारै प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुबीच सँगै बसेर मादकपदार्थ सेवन गर्दागर्दै झगडा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

झगडाका क्रममा भक्तबहादुरले मनिकुमारलाई दाउराको चिर्पटले प्रहार गरेको प्रहरीले जनाएको छ । मृतक मनिकुमारको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याउने तयारी गरिएको छ । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget