
गमगढी, साउन १३ गते । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारको एक घरमा आगलागी भएको छ । नेपाल टेलिकम नजिकै रहेको हस्तबहादुर भामको तीन तले घरमा बिहीबार विहान ९ बजे आगलागी भएको हो ।
आगलागीबाट लाखौं मूल्य बराबरको क्षति भएको बताइएको छ । माथिल्लो तलाबाट सुरु भएको आगलागी बजारबासी नेपाल प्रहरी र नेपाली सेना लगायतको सक्रियतामा निभाइएको थियो ।
आगलागी भएको सो घरमा व्यावसाय र डेरा गरी चार परिवार बस्दै आएका थिए ।
आगलागीबाट माथिल्लो तलामा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने बीच तला र भुईं तलाको सामान आंशिक नोक्सान भएको छ ।
विद्युत सट भएर आगो लागेको अनुमान गरिएको छ । आगलागीबाट केहि घरका टेलिफोन र केबुल लाइनमा समेत क्षति भएको छ ।-कविराज कार्की, अनलाइनखबरबाट
Post a Comment