Websoft University

www.radiomakalu.com || 021-522512


वीर अस्पतालमा आजदेखि जेनेटिक ल्याव सञ्चालन


डिएनए परीक्षणका लागि विदेश जानुपर्ने बाध्यता हट्यो
काठमाडौं,साउन १३ गते । वीर अस्पतालले वंशाणुगत रोग परिक्षणका लागि आजदेखि जेनेटिक ल्याव सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलोपटक शुरु गरिएको यस प्रकारको ल्यावमा मानिसको डिएनए तथा वंशाणुगत समस्या सम्बन्धी सम्पूर्ण जाँच गरिन्छ । नेपालमा डिएनए परीक्षण गर्ने ल्याब नहुँदा विदेश लैजानुपर्ने बाध्यता थियो ।

स्थापनाको १२७ औं दिवसको अवसर पारेर वीर अस्पतालले झण्डै एक करोड रुपैयाँ लागतमा सो ल्याव सञ्चालनमा ल्याएपछि अब डिएनए परीक्षणका लागि विदेश जानुपर्ने बाध्यता हटेको छ ।

यस ल्यावले वंशाणुगत रोगका कारण हुने समस्या मात्र नभई चिकित्सकले पत्ता लगाउन नसकेको रोग पत्ता लगाउन समेत मद्दत पुग्ने वीर अस्पतालस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स)का उपकुलपति डा. गणेश गुरुङ बताउँछन् ।

उनले क्रमिक रुपमा बढ्दै गएको क्यान्सर, सिकलसेल, एनिमिया, गर्भपात लगायतका वंशाणगुत रोगको उपचारका लागि यो ल्याबको सुरुवात गरिएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा सुरु भएको यो ल्याब हालका लागि जेनेटिक विशेषज्ञ डा. निलम ठाकुर तथा दुई ल्याव टेक्निसियनद्वारा सञ्चालनमा रहनेछ ।

‘आगामी दिनमा ल्याब सञ्चालका लागि अन्य जनशक्तिलाई आवश्यक तालिम दिएर यसलाई अगाडी बढाउनेछौ’, डा. गुरुङले भने ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget