गणेश अधिकारी
सबै किरातीहरूले हिजोआज आपूmलाई ‘राई’ लेख्छन् । स्वयं किरातीले आपूmलाई राई भनेपछि आफ्नै घनिष्ट साथीहरूलाई ‘किराती’ भनेर सम्बोधन गर्न पनि असजिलो लाग्छ । त्यसकारण किराती इतरहरूले पनि किरातीलाई राई नै भन्छन् । यो शब्द सम्मानजनक पनि मानिन्छ । तर किरातीको इतिहासमा यो शब्द धेरै पछि प्रयोग हुन थालेको देखिन्छ र यसको समुचित खोज पनि हुँदैछ । त्यस्तै गालीको भाषामा अथवा रिस उठेको बेलामा किरातीलाई ‘किरुवा’ र ‘चितुवा’ पनि भन्ने गरिन्छ । किराती समुदायभित्रकै एउटा भाषामा ‘किरावा’ भन्ने शब्द छ । जसको अर्थ बाघ हुन्छ भनिन्छ । किरातीको एउटा स्वभावगत रूप बाघजस्तो भएकाले कालान्तरमा किराती भनिएको भनिन्छ । बाघजस्तै भएकाले किराती इतरहरूले किरातीलाई ‘चितुवा’ भनेको पनि भनिन्छ । २१ औं शताब्दीमा आफ्नो ‘पहिचान’का लागि संघर्षरत सबै किरातीहरूले वास्तवमा ‘राई’ लेख्न छोड्नुपर्ने जस्तो लाग्छ । आखिर यी किराती को हुन् ? र यी शब्दले के अर्थ राख्छन् ? उस्तै अनुहार र जिउडाल भएका मानिसहरू यो संसारमा धेरै छन् तर तिनीहरूले आपूmलाई किराती भन्दैनन् । तर नेपालको एउटा जातिले आपूmलाई हिजोदेखि होइन युगौं पहिलेदेखि किराती भन्दै आएको छ । आर्यहरूले संस्कृत भाषामा लेखेका हजारौं पुस्तकहरूमा ‘किराँत’ भनेर लेखेका छन् । राम्रो नराम्रो जे भनेर लेखेको भए पनि आखिर किराँत भन्ने जातिसँग आर्यहरूको यसै भूमिमा भेट भएको रहेछ भन्ने बुझिन्छ । किराँतले आवाद गरेर बसेको भूमिमा आर्यहरूले दखल गर्न खोजेपछि उनीहरूका राजा ‘सम्वर’सँग चालीस वर्षसम्म युद्ध भएर पनि आर्यले जितेनन् । अन्त्यमा उनीहरूले राजा सम्बरको हत्या गरे । यसको प्रमाण ऋग्वेद स्वयं छ ।
‘कैरातिका कुमारिका सका जनति भेषजम् ।
हिरण्ययीभिरभ्रिभिर्गिरीणामुप सानुषु।।’
यी माथिका हरफ औषधि विज्ञान समेतको झलक दिने ‘अथर्ववेद’मा लेखिएका छन् । यो वेद हजारौं वर्ष पहिले तर यसै समयमा लेखिएको हो भनेर कुनै पनि विद्वानले किटान गर्न सकेका छैनन् । सो वेदमा लेखिएको यो मन्त्रको अर्थ पण्डित तिलकप्रसाद लुइँटेलले यसरी लगाउनु भएको छ– ‘किराती जातिका यी कुमारी कन्याहरू हिरण्यी नामको सुनको जस्तो चमक्दार तथा तेजिलो धार भएको कोदालोले पर्वतीय शिखरमा रहेका औषधिहरू खन्ने गर्दछन् । ’ समय नै थाहा नभएको तर हजारौँ वर्ष पहिले लेखिएको यो पुस्तकमा कसलाई किराती भनिएको हो ? वेदको त्यो किराती शब्दसँग हाम्रा किरातीको के सम्बन्ध होला ? हाम्रा निकै महान् भनिने वेदाध्यायीहरूले पत्ता नपाएर हैरानी छ । तर ‘प्राचीन किराँत इतिहास’मा डा.स्वामी प्रपन्नाचार्यले यसको अर्थ लगाउनु भएको छ– ‘एउटी किराँत युवती सुनले बनेको खुर्पाले ठूलठूला पर्वतका सानासाना टाकुराहरूमा जडीबुटी, औषधि खनिराखेकी छे । ’ मानव समाज विकास विज्ञानको समेत कुरा उठाउँदै प्रपन्नाचार्य त्यो समयलाई मानव जातिले कृषि युगमा प्रवेश गर्दै गरेको रहेछ र नै त्यो किराँत युवतीले औषधिको उत्खनन् र काट्ने काम खुर्पाले गरेको देखाएको छ भन्नुहुन्छ । बाहुनको जातीय हतियार नभएकाले लुइँटेलले किराँत युवतीले कोदालो लिएको देखाएको हुनुपर्छ । तर प्रपन्नाचार्यले ‘खुर्पा’ भनेर जातीय हतियारको कुरा गर्नुभएको छ । आज पनि किराँत महिलाहरूले खुर्पा बोक्ने चलन छ । मरेपछि महिलाको चिहानमा पनि एउटा खुर्पा सबैले देख्ने गरी राखिदिने चलन छ । यसैले यसलाई किराँत जातीय हतियार भनिएको हो ।
यसैगरी ‘यजुर्वेद’मा किरातीको बसोबाससँग सम्बन्धित एउटा मन्त्र छ । त्यो यस्तो छ–
‘सरोभ्यो धैवरमुपस्थावराभ्यो दाशं वैशन्ताभ्यो वैन्दं
नड्वलाभ्यः शौष्कलं पाराय मार्गारमवाराय कैवर्तं
तीर्थेभ्य आनन्दं विषमेभ्यो मैनालंस्वनेभ्यः पणकं
गुहाभ्यः किराँतं सानुभ्यो जम्भकं पर्वतेभ्यः किम्पुरुषम् । ।’
सरोवरका लागि धीवर (माछा मार्ने), उपवनका लागि सेवक, ससाना जलाशयका लागि निषाद, नर्कट सफा गर्न माछा मारेर जीविका चलाउने, बाटो काटेर जानका लागि बाटो चिनेका, नदी पार गर्न नाविक, तीर्थका लागि किनारामा तटबन्ध गर्न जान्ने, भिरालो ठाउँ जोगाउन बार लगाउन जान्ने, ध्वनि उत्पन्न गराउन नरसिंगा बजाउन जान्ने, गुफाका लागि किराँत, पर्वत चुचुराका लागि प्रचण्ड पुरुष र पर्वतका लागि होचापुड्का मानिसहरू नियुक्त गर्नुपर्छ’ भनेर तिलक प्रसादले यसको अनुवाद गर्नुभएको छ । यो अनुवादमा पनि के प्रस्ट छ भने अमुक अमुक काम गर्न गराउन सो काम जान्नेहरूलाई मात्र लगाउनु पर्छ भनिएको हो ।
तर सो मन्त्रमा कतिपय विद्वानहरूले ‘गुहाभ्यः किराँतं’ लाई ‘गुफामा बस्ने किराँत’ भनेर पनि अनुवाद र प्रचार गरिएको कुरालाई समेत उठाउँदै प्रपन्नाचार्यले आफ्नो पुस्तकमा वेदका तत्कालीन प्रकाण्ड भाष्यकार ‘सायणाचार्य’को भाष्यको उदाहरण दिनुभएको छ । सो अनुसार यो ‘माथिको मन्त्रमा कर्म र पेसागत नाम राखेको प्रकरण नै पाइन्छ भने किराँतहरू गुफामा बस्थे भन्ने अर्थ कसरी हुन सक्छ ? किराँतहरू गुफामा बस्थे, गुफाबासी हुन् भनेर ब्लुमफिल्ड, हाप्कीन, मेक्डोनेल र ग्रिफ्थ जस्ता पश्चिमा विद्वानहरूलाई पूर्वका भारतीय विद्वान रमेशकुमार मजुमदार र सुनीतिकुमार चटर्जी आदिले पच्छ््याएका मात्र हुन् । ’ मन्त्रभरी नै उल्लेख भएका सबै जाति व्यवहार जीवित नै छन् र त्यै व्यवहार अनुसार नाम रहेको छ भने ‘किराँतले चाहिँ कसरी गुफाभित्र बसिरहेको अर्थ लाग्छ ?’ भत्रुहुन्छ प्रपन्नाचार्य । फेरि सायणले लेखेको अर्काे ‘पर्वतगुहाभिमानिभ्य’ शब्दहरू भएको उदाहरण दिएर प्रपन्नाचार्यले ‘समय बेसमय पर्दा आज पनि ओडार गुफाहरूमा बस्ने गरिएको छ । ’ वास्तवमा पहाड पर्वतका गुफाहरूमा बस्ने मृग आदि जन्तुहरूको शिकार गर्न किराँतलाई लगाउनु पर्छ । किनभने त्यसको भेउ उनीहरूले बढी पाएका हुन्छन् भनिएको हो । त्यसको अर्थ गुफा वा ओडार नै किरातीको घर हो भन्ने त लाग्दैन ।
वेदका मन्त्रहरूको विधि जसमा बताइएको हुन्छ त्यसलाई ‘ब्राह्मणग्रन्थ’ भनिन्छ । कृष्णयजुर्वेदको तैतिरीय ब्राह्मणमा रहेको ‘गुहाभ्यः किराँतम्’ भन्ने पाठमा पनि वेदाचार्य सायणको भाष्य छ । प्रपन्नाचार्य अनुसार सायणले यसको भाष्य गर्दा पनि ‘गुहाभ्यः पर्वतगुहाभिमानिनीभ्यः किराँतम् मृगघातिनम्’भनेर लेखेका छन् । यसले एकातर्फ संस्कृत वाङ्मयमा लेखिएका कुनै पनि प्राचीन ग्रन्थहरूमा किराती छुटेका छैनन् भन्ने देखाउँछ भने अर्कातर्फ ‘गुहाभ्यः किराँतम्’को अर्थ पर्वतीय जंगल गुफाहरूमा बस्ने हरिण, मृग, घोरल आदि वन्यजन्तुहरूको भेउ पाउन सक्ने जातिको नाम किराँत हो भनेका छन् । यसैकारण यिनै जन्तुहरूको धेरै मात्रामा शिकार गर्ने हुनाले सायणाचार्यले किरातीहरूलाई ‘मृगघाती’ भन्ने शब्द प्रयोग गरेको देखिन्छ’ भनेका छन् प्रपन्नाचार्यले ।
वाल्मीकि ऋषिले आफ्नो समयमा किराती कस्ता थिए भन्ने कुरा रामायणको यो श्लोकमा लेखेका रहेछन् –
‘किराँतास्तीक्ष्णचुडाश्च हेमाभाः प्रियदर्शनाः ।
अन्तर्जलचरा घोरा नरव्याघ्रा इति श्रुताः । ।
सुनजस्ता पहेला वर्णका, हेर्दा अत्यन्त सुन्दर अथवा हेरिरहुँ जस्ता कुशजस्तै लामा केश भएका, समुद्रको पानीभित्र घुम्न सक्ने, भयङ्कर पुरुषसिंह जस्ता किराँतहरू थिए । वास्तवमा आजका किराती पनि ‘हेमाभाः भनेको स्वर्णिम वर्णका, जिउडाल साँच्चै नै सुन्दर मिलेका र हेरिरहुँ जस्ता लाग्नेहरू छन् । जीउडाल र साहसिलो स्वभाव भएका देखेर नै उनीहरूलाई आजभन्दा दुई सय वर्ष पहिलेदेखि नै बेलायतले आफ्नो सेनामा लगेको हुनुपर्छ । ‘बेलायतले हामीमाथि अन्याय गरेको छ’ भनेर त्यहाँ पनि किरातीले आपूmमाथि परेको अन्याय स्वीकारेका छैनन् । तर आज २१ औं शताब्दीको दोस्रो दसकमा आइपुग्दा पनि हाम्रो राज्य र समाजले उनीहरूले उद्घोष गरेको पहिचान स्वीकार्ने पक्षमा देखिँदैन किन ?
Post a Comment