Websoft University

www.radiomakalu.com || 021-522512


मोरङ र सुनसरीका विभिन्न ठाउँमा कटान



Image result for morang badhi 

विराटनगर,  साउन ६ गते । निरन्तर भइरहेको वर्षाका कारण मोरङको जनजीवन प्रभावित भएको छ भने करिब एक दर्जन ठाउँमा नदीले कटान गरिरहेका छन् ।

कटानलाई नियन्त्रण गर्न विराटनगरस्थित जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालयले आवश्यकताअनुसार तार जालीको वितरण गरिरहेको छ ।

बीस हजार खाली बोरा, पाँच हजार नाइलनका जाली र २०० भन्दा बढी तार जाली प्रभावित क्षेत्रका स्थानीय जनताबीच वितरण गरिएको जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालय विराटनगरका प्रमुख देवनारायण साहले जानकारी गराउनुभयो ।

नदीको पानीको बहावबाट नदीको तटबन्धलाई जोगाउन खाली बोरामा माटो भर्ने र तार तथा नाइलनको जालीमा ढुङ्गा भर्ने कार्यमा स्थानीयवासी जुटेको उहाँले बताउनुभयो ।

मोरङको मधुमल्लाको कुसेनी टोललाई बक्राहा खोलाबाट जोगाउने कार्यमा स्थानीयवासी जुटिरहेका छन् ।

त्यसैगरी, गोविन्दपुर, जयनगरमा समेत नदीले कटान गरिररहेको छ । चिसान खोलाले बाहुनीमा कटान गरिरहेको छ । बक्राहा खोलाले राजघाटको मोलीबारी, माझी टोल र बरडङ्गा–२ को ठाकुर टोलमा समस्या उत्पन्न गरेका छन् भने सिग्याहा खोलाले कटहरि र तेली खोलाले जाँतेमा कटान जारी राखेका छन् ।


सुनसरीको धरान–बराह क्षेत्रमा पटनाली खोला, धरानमा सेउती खोला, इटहरीमा सेरा खोला र दुहवीमा बूढी खोलाले कटान जारी राखेको सो कार्यालयले जनाएको छ ।

कटानबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग पनि कार्यालयबाट उपलब्ध गराइएको कार्यालय प्रमुख साहले बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget