Websoft University

www.radiomakalu.com || 021-522512


‘ट्वीटरमा फसाउन सकिने मान्छेलाई आणविक हतियारको जिम्मा दिन सकिन्न’

अमेरिकाको आगामी राष्ट्रपतिका लागि डेमोक्रयाटिक पार्टीका तर्फबाट उम्मेद्वार बनेकी हिलारी क्लिन्टनले पार्टी राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै आफू अमेरिकी राष्ट्रपतिका लागि योग्य उम्मेद्वार भएको दाबी गरेकी छन्। उनले आफ्नो सम्बोधनका क्रममा अमेरिकाले अहिले भोगिरहेका समस्या र तिनका समाधानका कुरा पनि गरेकी छन्। सम्बोधनको केही समय उनले रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पको आलोचनामा खर्च गरिन्। उनले ट्रम्प भर पर्न सकिने मान्छे नभएको आरोप पनि लगाईन।

‘डोनाल्ड ट्रम्प भन्नुहुन्छ, इस्लामिक स्टेटका बारेमा उहाँ सेनाका जनरल भन्दा बढी थाहा पाउनुहुन्छ, होइन ट्रम्प तपाईँ त्यति थाहा पाउनु हुन्न।’ उनले भनिन् ‘जो मान्छेलाई तपाईँ ट्वीटरमा फसाउन सक्नुहुन्छ उसको हातमा तपाईँ परमाणु हतियार दिन सक्नुहुन्न।’

उनले ट्रम्पले आफ्नो पार्टीका सम्मेलनमा ७० मिनेटसम्म बोलेमो तर अहिलेका समस्याको कुनै समाधान दिन नसकेको बताइन्। उनले आफूले स्वतन्त्रता, समानता, न्याय र समान अवसरका लागि काम गर्ने बताइन्। ‘यो गर्वको कुरा हो कि स्वतन्त्रता, समानता, न्याय र अवसर जस्ता शब्द हामीसँग जोडिएका छन्,’ उनले भनिन्।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget