Websoft University

www.radiomakalu.com || 021-522512


माग पूरा गर्ने प्रतिबद्धता आए सरकारमा जान्छौं : अध्यक्ष महतो

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस–माओवादी केन्द्रले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेमात्रै मोर्चा अब बन्ने सरकारमा सहभागी हुने स्पष्ट पारेका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘अहिले उहाँहरूले हाम्रो समर्थन माग्नु नै भएको छैन, यदि माग्नु भयो भने हामी उहाँहरुसँग प्रष्ट रुपमा हाम्रा माग सम्बोधन गर्नेवारे कुरा राख्छौं ।’

अब बन्ने सरकारले कस्तो व्यवहार गर्छ, त्यही अनुसार मोर्चा चल्ने महतोले बताए। ‘मोर्चाले अघि सारेको ११ बुँदे मागबारे उहाँहरूको प्रष्ट धारणा आउनुपर्छ, अनि मात्रै सरकारमा जाने वा नजानेबारे हामी निर्णय गर्छौं,’ उनले भने।

उनले कांग्रेस–माओवादी केन्द्रवीच भएको ७ बुँदे सम्झौताको पहिलो बुँदामा मधेसी मोर्चाको माग सम्बोधन गर्ने कुरा उल्लेख गरिएकोमा सकारात्मक कदम भएको उल्लेख गरे। ‘उहाँहरूको प्रतिबद्धता सकारात्मक छ, तर अब त्यही अनुसारको काम पनि हुनुपर्यो नि, त्यस्ता बुँदा कति आए आए, हामी उहाँहरूको व्यवहार हेर्न आतुर छौं,’ उनले भने।

महतोले मोर्चाले अघि सारेका संविधान सम्बन्धि माग र मधेस आन्दोलनबाट उब्जिएका समस्याको समाधान गर्ने प्रतिबद्धता काँग्रेस र माओवादी केन्द्रले देखाए मोर्चा सरकारमा सहभागी हुने नभए बाहिर बसेरै सरकारलाई सहयोग गर्ने स्पष्ट पारे।

मोर्चाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा जानबाट रोकिरहेको छ रे नि त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘त्यो हाम्रो मतलवको विषय भएन, हामी उहाँलाई किन राक्छौं र? प्रचण्डजीले जसलाई ल्याउन चाहनुहुन्छ, सक्नुहुन्छ।’ उनले गच्छदार मधेसविरोधी नेता भएको भन्दै आलोचना समेत गरे।

महतोले कांग्रेस र माओवादी केन्द्रले मधेशको माग सम्बोधन गर्न संशोधन प्रस्ताव पेश गरे एमालेले समर्थन गर्ने ठोकुवा गरे। उनले भने, ‘एमालेले समर्थन गरेन भने उसको मधेसको उपस्थितिलाई लिएर प्रश्न उठ्छ, एमालेले या त मधेस छाड्नुपर्यो, या मधेशको मुद्दा सम्बोधन गर्नुपर्यो, उसँग अहिले दुईवटा मात्रै विकल्प छ।’

संविधान संशोधनको लागि मधेशी मोर्चाले संकल्प प्रस्ताव नलैजाने उनको दाबी थियो ।

मोर्चाले भनेजस्तै मधेसमा दुई प्रदेश भए संघीयतासम्बन्धी सिमांनको मुद्दा सम्बोधन हुने उनले विश्वास व्यक्त गरे। उनले भने, ‘झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्छ, तराईको भू–भाग तराईमै हुनुपर्छ, यसमा सबै मिल्नुको विकल्प छैन।’

महतोले वर्तमान सरकार काम चलाउ भएपनि जनतालाई राहत दिने काममा समेत सुस्त भएको आरोप लगाउँदै भने, ‘ओलीजीलाई सरकार गएकोमा चिन्ता छ, मर्माहत भएको छ, कामचलाउ भएपनि जनतालई राहत दिने कुरा खोई?’ उनले देशका विभिन्न भूभागमा बाढिपहिरोका कारण जनता दुःखमा भएको भन्दै सरकारले त्यतातिर ध्यान दिनुपर्ने सुझाव दिए। - सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget