मेनुपज उमेरजन्य कारणले महिलाको स्वास्थ्यमा देखिने सामान्य परिवर्तन हो । औसतरुपमा ४० वर्ष नाघेका महिलामा मेनुपज हुन्छ । यसका लक्षण पनि व्यक्तिअनुसार फरक हुने गर्छ । त्यसैले मेनुपजबारे बुझ्न अत्यावश्यक छ ।

४५ देखि ५० वर्षको उमेरका महिलाको रजश्वला सुक्दै जानुलाई मेनुपज भन्ने गरिन्छ । नेपाली भाषामा यसलाई रजोनिवृत्ती पनि भनिन्छ ।
नेपालको हकमा सामान्यतया ४९ वर्षभन्दा माथिका महिलामा मेनुपज सुरु हुन्छ । विकसित मुलकमा ५२ वर्षको उमेर पश्चात्त यो क्रम सुरु हुन्छ । मेनुपज महिलाहरुको लागि एक प्रकारको संक्रमणकालीन अवस्था हो ।
किन हुन्छ मेनोपौज ?
मानिसको मस्तिष्कमा आइपोथालामस नामक हार्मोन हुन्छ । यसलाई टाउकोमा हुने पिटुइटरी ग्रन्थिले नियन्त्रण गरेर राख्छ । त्यसबाट दुईवटा हर्मोनको उत्पादन हुन्छ । जब त्यसमध्यकोे एउटा हर्मोन रगतको माध्यमबाट अण्डाशयमा पुग्छ, त्यसले अण्डाको उत्पादन सुरु गर्छ । त्यस अण्डाको वरिपरि अन्य साना कोशिका निर्माण हुन्छन् । ती कोषिकाले प्रोजेस्टेरोन र एस्ट्रोजेन नामक हर्मोन उत्पादन गर्छ । उक्त हर्मोन पाठघरमा गएर बस्छ ।
एस्टेरोजेनले पाठेघरलाई मोटो बनाउँछ भने प्रोजेस्टेरोनले पाठेघरमा बच्चा बस्ने ठाउँलाई नरम बनाउने काम गर्छ ।
यी हार्मोनहरुले पाठेघरलाई नरम बनाउने क्रममा उक्त भागमा बच्चा नबसेको खण्डमा ती भाग रगतका माध्यमबाट प्रत्येक महिना कुहिएर जान्छ । जसलाई हामी रजश्वला भन्छौ ।
बढ्दो उमेरसँगै एस्ट्रोेजेनले अण्डाशयमा कम अण्डा उत्पादन गर्छ । विस्तारै-विस्तारै भएका अण्डाशय खिइन थाल्छ । जब भण्डारणमा भण्डार गरिएका अण्डा नै सकिन्छ, अनि मेनोपौज सुरु हुन्छ ।
केही व्यक्तिमा लक्षण देखा परेको ३/४ वर्षभित्रमा नै मेनुपज हुन्छ भने कसैलाई १०/१२ वर्षसम्म पनि यसले सताउने गर्छ ।- अनलाइनखबरबाट
Post a Comment