
काठमाडौं,असार २३ गते । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । साथै उसले नेतृत्वमा खुला रहेको बताएको छ ।
माओवादी पोलिटब्युरो बैठकले शान्ति प्रक्रियाका बाँकी काम, मधेस आन्दोलनको सम्बोधन र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
‘राष्ट्रिय सरकारका लागि पहल गर्ने निर्णय भएको छ’ प्रवक्ता पम्फा भुसालले अनलाइनखबरसँग भनिन्, ‘हाम्रा मुद्दा प्रमुख हुन् । मुद्दामा सहमति हुन्छ भने राष्ट्रिय सरकारको नेतृत्वमा हामी खुला छौं ।’
माओवादी केन्द्रले आउँदो पुस २३ देखि काठमाडौंमा महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।- अनलाइनखबरबाट
Post a Comment