Websoft University

www.radiomakalu.com || 021-522512


चौतीस जलाधार क्षेत्रको पहिचान गरी संरक्षण


 

कञ्चनपुर, साउन ३ गते । कञ्चनपुरको चुरे क्षेत्रमा पर्ने जलाधार क्षेत्रको पहिचान गरी संरक्षणको कार्य अगाडि बढाइएको छ ।

भूसंरक्षण कार्यालय कञ्चनपुरले चुरे क्षेत्रमा पर्ने ३४ जलाधार क्षेत्रको पहिचान गरी संरक्षणको कार्यलाई अगाडि बढाएको हो ।

चुरे क्षेत्रमा पर्ने भीमदत्तनगरपालिका, बेदकोट नगरपालिका, झलारी पिपलाडी नगरपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा रहेका जलाधार क्षेत्रको पहिचान गरिएको छ ।

जलाधार क्षेत्रमा बसोबास गर्ने जातजातिको भूउपयोगको अवस्था, पहुँच, पानी ढलको अवस्था, उत्पादन क्षमता, माटो, ताल तलैया, नदी प्रणालीको अवस्थाबारे वैज्ञानिक तरिकाले अध्ययन गरी संरक्षणका कार्यलाई अगाडि बढाइएको भूसंरक्षण कार्यालय कञ्चनपुरका प्रमुख गङ्गादत्त जोशीले बताउनुभयो ।

भूक्षय नियन्त्रण गर्न र जैविक छेकवार निर्माण गर्नका लागि आव ०७२÷७३ मा रु ६५ लाख खर्च गरिएको उहाँले बताउनुभयो । “जलाधार क्षेत्र जोगाउनका लागि मुहानमा वृक्षरोपण, जैविक तटबन्ध, खहरे खोला नियन्त्रण र ताल तलैया पुरिनबाट जोगाउन टेवा पर्खाल निर्माण र चेकडयाम बनाउने कार्य गरेका छौँ” उहाँले भन्नुभयो ।

कार्यालयले भीमदत्तनगरपालिकाको रौटेला, कामीकाटे, गहताडी खोला र झलारी पिपलाडी नगरपालिकाको सनबोरा नदीको अछामी फाँटामा ढुङ्गा र तारजालीको तटबन्ध निर्माण गरेको छ ।

कृष्णपुरको नौलाडी ताल, बेदकोट नगरपालिकाको सिद्धसरोवर, भीमदत्तनगरपालिकामा रहेको भम्केश्वर तालको संरक्षणका लागि मात्रै रु १० लाख बढी रकम खर्च गरिएको छ । । कञ्चनपुरको चुरे क्षेत्रमा पर्ने जलाधार क्षेत्रको पहिचान गरी संरक्षणको कार्य अगाडि बढाइएको छ ।

भूसंरक्षण कार्यालय कञ्चनपुरले चुरे क्षेत्रमा पर्ने ३४ जलाधार क्षेत्रको पहिचान गरी संरक्षणको कार्यलाई अगाडि बढाएको हो ।

चुरे क्षेत्रमा पर्ने भीमदत्तनगरपालिका, बेदकोट नगरपालिका, झलारी पिपलाडी नगरपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा रहेका जलाधार क्षेत्रको पहिचान गरिएको छ ।

जलाधार क्षेत्रमा बसोबास गर्ने जातजातिको भूउपयोगको अवस्था, पहुँच, पानी ढलको अवस्था, उत्पादन क्षमता, माटो, ताल तलैया, नदी प्रणालीको अवस्थाबारे वैज्ञानिक तरिकाले अध्ययन गरी संरक्षणका कार्यलाई अगाडि बढाइएको भूसंरक्षण कार्यालय कञ्चनपुरका प्रमुख गङ्गादत्त जोशीले बताउनुभयो ।

भूक्षय नियन्त्रण गर्न र जैविक छेकवार निर्माण गर्नका लागि आव ०७२÷७३ मा रु ६५ लाख खर्च गरिएको उहाँले बताउनुभयो । “जलाधार क्षेत्र जोगाउनका लागि मुहानमा वृक्षरोपण, जैविक तटबन्ध, खहरे खोला नियन्त्रण र ताल तलैया पुरिनबाट जोगाउन टेवा पर्खाल निर्माण र चेकडयाम बनाउने कार्य गरेका छौँ” उहाँले भन्नुभयो ।

कार्यालयले भीमदत्तनगरपालिकाको रौटेला, कामीकाटे, गहताडी खोला र झलारी पिपलाडी नगरपालिकाको सनबोरा नदीको अछामी फाँटामा ढुङ्गा र तारजालीको तटबन्ध निर्माण गरेको छ ।

कृष्णपुरको नौलाडी ताल, बेदकोट नगरपालिकाको सिद्धसरोवर, भीमदत्तनगरपालिकामा रहेको भम्केश्वर तालको संरक्षणका लागि मात्रै रु १० लाख बढी रकम खर्च गरिएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget