Websoft University

www.radiomakalu.com || 021-522512


माधव नेपाल प्रचण्डकहाँ पुगेर भने- प्रधानमन्त्रीको अहम्‌ले गठबन्धन भत्कियो


माधव नेपाल प्रचण्डकहाँ पुगेर भने- प्रधानमन्त्रीको अहम्‌ले गठबन्धन भत्कियो
काठमाडौं, साउन ३,गते । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अहम्‌ले दुई पार्टीबीचको गठबन्धन भत्किएको आरोप लगाएका छन् । भाबी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा पुगेर नेता नेपालले आफ्नो पार्टीका अध्यक्ष ओलीप्रति त्यस्तो आरोप लगाएका हुन् ।

केन्द्रीय कार्यालयको बैठकमा सरकारबाट समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गराएपछिको परिस्थितिको समीक्षा गर्ने क्रममा अध्यक्ष दाहालले एमाले नेतासँग भएको कुराकानी जानकारी गराएका थिए । ‘हाम्रा महाराजाका कारण गठबन्धन टुट्यो । हामी र तपाईंहरूलाई दिक्क बनाए । उहाँ (ओली) को अहम्ले गठबन्धन टुट्यो', एमाले नेता नेपाललाई उद्धृत गर्दै दाहालले भने ।

दाहालका अनुसार नेता नेपाल, अर्का एमाले नेता झलनाथ खनाल र वामदेव गौतम पनि ओलीले सत्ता हस्तान्तरण गर्ने पूर्वसहमति तोडेको भन्नेमा अडिग छन् । ‘ओलीले राजनीतिक बेइमानी गरेको भन्नेमा एमाले नेताहरू दृढ छन्', दाहालले बैठकमा भने । नेता नेपाल दाहालसँग छलफल गर्न आइतबार लाजिम्पाट पुगेका थिए ।

ओली निकट मानिने संसदीय दलका उपनेता सुवास नेम्बाङ भने एमाले र माओवादी केन्द्रका बीचमा देखिएको ‘वाक्युद्ध' कम गराउनुपर्ने विषयमा ध्यानाकर्षण गराउन आइतबार नै दाहाल निवासमा पुगेका थिए । ‘दुई पार्टीबीचको वाक्युद्ध कम गरौं, पछि पनि हामीले वार्ता र संवाद गर्नुपर्छ', नेम्बाङले दाहालसँग भनेका थिए ।

जबाफमा दाहालले ‘वाक्युद्ध' एमालेबाट एकतर्फी रूपमा आएको बताएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । ‘प्रधानमन्त्री पक्षका एमाले नेताहरू रक्षात्मक हुन थालेको बुझियो', ती नेताले भने । माओवादी बैठकमा अविश्वास प्रस्ताव दर्ता गराएपछिको राजनीतिक परिस्थितिको समीक्षा गर्दै चुनौतीको सामना गर्दै अगाडि बढ्ने निर्णय गरिएको ती नेताले बताए ।

ती नेताका अनुसार एमालेसँगको गठबन्धन भत्काउने गरी पार्टीले लिएको निर्णयप्रति असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठले आफ्नो फरक मत पार्टीमा दर्ज गराएर पार्टी निर्णय कार्यान्वयन गर्न सहमति जनाएका छन् । ‘आन्तरिक र बाह्य चुनौती छन् । ती चुनौतीको सामना गरेर अगाडि बढनुपर्छ । अहिलेको राजनीतिक कोर्ष सही छ भन्ने निष्कर्षमा पुगिएको छ', ती नेताले भने । माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठक सोमबार पनि बस्नेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget