Websoft University

www.radiomakalu.com || 021-522512


लोक गायन, आधुनिक पहिचान : पूजा

puja

काठमाडौं । आधुनिक गायनमा सक्रिय उदयपुर कटारीकी पूजा सुनुवारलाई नेपाली लोक गीत गायनमा विशेष रुचि छ । पूर्वदेखि पश्चिमका लोकभाकामा स्वर दिइसक्नुभएकी पूजाले भर्खरै आधुनिक गीति एल्बम नजर स्रोतामाझ ल्याउनुभएको छ । विद्यालय शिक्षापछि सङ्गीतका अध्ययनका लागि २०५९ सालतिर राजधानी पस्नुभएकी पूजाले प्रकाश गुरुङ र गुरुदेव कामतसँग सङ्गीत सिक्नुभयो । कटारीमै छँदा त्रिवेणी मेलामा लोकगीत सुन्ने र गाउने गरेकी पूजाले विद्यालयमा समेत गीत गाउने गर्नुभएको थियो ।
“जुनबेला पनि गीत गुनगुनाइरहने बुबाको प्रभाव ममा परेको होला”, विद्यालय शिक्षक, साथीभाइको प्रेरणा र हौसलाले गायनतिर लागेको बताउनुहुने पूजाले ६० भन्दा बढी गीत गाइसक्नुभएको छ । थारु भाषा चलचित्र दिलके टुक्रामा पनि गाउनुभएकी पूजाले भजन, राष्ट्रिय भावका गीतका साथै कलेक्सन एल्बमहरूमा गाउनुभएको छ ।
नसम्झी बसुँ तिमीलाई कसरी
सताउँछ तिम्रै सम्झनाले बेसरी
नेपाली लोक भाका हाम्रो आप्mनै पहिचान भएको बताउनुहुने पूजाले आप्mनो गीतमा मोडलिङ पनि गर्नुभएको छ । यद्यपि म्युजिक भिडियोमा वर्षा राउत र रोविन विष्टले अभिनय गर्नुभएको छ भने देवजङ्ग थापाले निर्देशन गर्नुभएको छ । एल्बम नजरमा चारवटा गीत समावेश छन् । मेला, पर्व र महोत्सवहरूमा स्टेज कार्यक्रमबाट दर्शकको माया पाउन सफल पूजा लोकभाका पनि गाउने तर आधुनिक गीतबाट पहिचान बनाउने योजना सुनाउनुहुन्छ । - गोरखापत्र अनलाइनबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget