Websoft University

www.radiomakalu.com || 021-522512


सांसद मोदीले सोधे, ‘डा. केसीलाई किन पागल भनेको? विशेषाधिकारको धाक नदेखाऊ’


नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी र अख्तियारको कुरा बाझिएकाले छानविन समिति गठन गर्न माग गरेका छन्। मंगलबार बसेको सुशासन समितिको बैठकमा धारणा राख्दै मोदीले छानविन नगरीकन टुंगोमा नपुगिने देखिएको बताएका हुन्।

शुक्रबार काठमाडौं विश्वविद्यालयसँगको छलफलमा आएको कुरा र मंगलबार अख्तियारका कर्मचारीको दिएको जवाफ फरक–फरक भएकाले छानविन समिति गठन गर्न माग गरेका हुन्।

उनले अख्तियार कर्मचारीलाई डा. गोविन्द केसीलाई पागल किन भनेको भन्दै प्रश्न गरे।

‘डा. केसीलाई पागल किन भन्नुभयो, फेरि छिनछिनमा विज्ञप्ति निकालेर अख्तियार किन विवादमा परेको?,’ मोदीले प्रश्न गरे।

उनले ‘विशेषाधिकारको धाक नदेखाउन’ अख्तियारलाई चेतावनी दिएका छन्। ‘अख्तियार आफ्नो सिमामा बसोस्, कानुन भित्र बसेर मात्र काम गरोस्, जनताले अख्तियारका कामकारबाहीबारे प्रश्न उठाउन सक्छन्, हामीलाई भोट दिएर पठाएकाले हामी सोध्छौं,’ विशेषाधिरको धाक नदेखाउँ, राम्रा कुरा जसले उठाए पनि सुनौं।’

मोदीले अख्तियारका सचिवले काठमाडौं विश्वविद्यालयमा हस्तक्षेप नगरेको भनेको तर केयु पदाधिकारीले हस्तक्षेप गरेको भनेकाले छानविन समिति गठन गर्नुपर्ने आवश्यकता रहेको बताए। ‘अख्तियारले ख्याल गरोस्, जनताले हेरिरहेका छन्, पछिल्लो समय अख्तियारको नाम सुन्नेवित्तिकै सबै थर्थरी किन काम्छन्?’

सांसद हर्कबोल राईले काठमाडौं विश्वविद्यालयको परीक्षामा गलत क्रियाकलाप भएको भए रोक्न सकिने तर आफैं विज्ञ टोली लिएर प्रश्नपत्र बनाउने, परीक्षा गराउने काम जायज नदेखिएको बताए। उनले अख्तियारले लिएको परीक्षा कुन आधारले पारदर्शी हुने भन्दै कारण खोजेका छन्।

‘पोहोर पनि उजुरी परेको थियो भने एक वर्षसम्म के हेरेर बस्यो अख्तियारले?,’ उनले सोधे।

उनले अख्तियारको विज्ञ टोलीमाथि पनि प्रश्न गरे। ‘विज्ञ टोलीमा रहेका व्यक्तिका छोरा टप भएको विषय के हो?’

सांसद कल्पना राईले कसैको ‘इगो’को आधारमा बेनामे उजुुरी हाल्नेवित्तिकै तु हस्तक्षेप गर्नुपर्छ भन्ने नहुने भन्दै विवादित काम नगर्न सुझाइन्। ‘जिल्लातिर पनि अख्तियारको डरले धेरै काम पन्छाउने कुरा भइरहेका छन्,’ उनले भनिन्।

सांसद कृपासुर शेर्पाले अनुगमन र निरीक्षण भनेको परीक्षा लिने र रिजल्ट लिने हो भन्दै प्रश्न गरेका छन्। उनले तथ्य पत्ता लगाउनुपर्नेमा गरिमामय संस्थामाथि हस्तक्षेप गरिएको आरोप लगाए।

‘बनामे उजुरीको सनाखत गर्नु पर्छ कि पर्दैन?,’ उनले भने, ‘अनुगमन भनेको परीक्षा लिने र रिजल्ट पनि लिने हो?’

उनले परीक्षा लिने विज्ञकै छोराकोे नाम निकाल्न मिलेमतोमा परीक्षा लिएको हो कि भन्दै प्रश्न गरे।

विज्ञ टोलीमा संलग्न व्यक्तिका छोरा टप भएको भन्दै धेरै सांसदले प्रश्न सोधेका थिए। प्रश्नको जवाफमा सचिव सुवेदीले भने, ‘मैले सुनेअनुसार कोही पनि विज्ञका छोराछोरी टप भएका छैनन्, एक जना आयुक्तको छोरीले परीक्षा दिनुभएको थियो रे, उहाँ फेल हुनुभयो।’- सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget