Websoft University

www.radiomakalu.com || 021-522512


‘बाेल्न नसक्ने’ भन्दै सुशासन समितिमा लोकमान अाएनन्


व्यवस्थापिका संसद सुशासन समितिको बैठक सिंहदरबारमा सुरू भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बैठकमा उपस्थित भएका छैनन्।

‘बिरामी भएको’ कारण देखाउँदै लोकमान बैठकमा नआएपछि उनीबिनै सुरू भएको हो ।

अख्तियारका तर्फबाट बैठकमा सचिव शान्तराज सुवेदी, वेगेन्द्रराज शर्मा, कानुनविज्ञ भानुभक्त पोखरेल, प्रवक्ता कृष्णहरि पुष्करलगायत अाठ जना कर्मचारी उपस्थित छन्। उनीहरूले ‘घाँटीमा समस्या देखिएपछि लोकमान नआएको’ बताएपछि उनीबिनै बैठक सुरू भएको हो।

समितिलाई लोकमानले पत्र पठाउँदै अाफू बोल्न नसक्ने जनाएका छन्। कर्मचारीले उक्त पत्र पढेर सुनाएका थिए। पत्रमा लोकमानले अाफूलाई चिकित्सकले एक साता अाैषधि खान सुझाव दिएकाले अाउन नसकेकाे उल्लेख गरेका छन्।

सुशासन समितिको गत शुक्रबार बसेको बैठकले काठमाडौं विश्वविद्यालयको परीक्षा हस्तक्षेप र समग्र चिकित्सा क्षेत्र विकृतिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संलग्नताबारे जवाफ आइतबार बैठक डाकेको थियो।

आइतबार सबै समितिहरूको बैठक स्थगित भएपछि मंगलबारका लागि सारिएको थियो।

वरिष्ठ चिकित्सक गोविन्द केसीले अख्तियार कार्कीमाथि चिकित्सा क्षेत्रका विकृतिमा भ्रष्टहरूसँग मिलेर साथ दिने गरेको, आफ्नो र आफन्तको निहित स्वार्थका लागि काम गर्ने गरेकोलगायत आरोप लगाउँदै महाअभियोग माग गरी १६ दिनसम्म अनसन बसेका थिए। केसीले सोमबार अनसन तोडेका छन्।

केसीको अनसन लम्बिँदै गएपछि व्यवस्थापिका संसदमा उक्त विषयमा सोधीखोजी गर्न सांसद गगन थापा, श्याम श्रेष्ठ र धनराज गुरुङले निवेदन हालेका थिए। त्यसपछि सुशासन समितिले काठमाडौं विश्वविद्यालयलाई छलफलमा बोलाएको थियो। सो छलफलले मात्र विषयवस्तुको निष्कर्षमा नपुगिने धारणा सांसदहरूले राखेपछि अख्तियारका प्रमुख आयुक्त र सबै आयुक्तहरूलाई समितिमा बोलाइएको हो।

समितिको छलफलमा धारणा राख्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौं विश्वविद्यालयाम कार्यक्षेत्रबाहिर गएर हस्तक्षेप राम्रो नभएको बताएका छन्।

उनले भने, ‘आफैं प्रश्नपत्र बनाउने, आफैं परीक्षा गराउने कुरा गम्भीर विषय हो।’

उनले एउटा उजुरीकै भरमा समग्र परीक्षामा हस्तक्षेप किन आवश्यक थियो? भन्दै प्रश्न गरेका छन्।

उनले यस विषयमा छानविन समिति गठन गर्नुपर्ने माग राखेका छन्।

अख्तियारका सचिव शान्तराज सुवेदीले प्राज्ञिक स्वतन्त्रतामा हस्तक्षेत्र किन गरेको भन्ने सांसदहरूको प्रश्नको उत्तर दिँदै प्रवेश परीक्षा हस्तक्षेपको बचाउ गरेका छन्। उनले भने, ‘प्रश्न बनाएको र परीक्षा लिएको हैन, उजुरी परेकाले बाहिर बसेर निगरानी मात्र गरेको हो।’-सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget