Websoft University

www.radiomakalu.com || 021-522512


शशांकलाई एयरपोर्टसम्म पुर्‍याउन किन सकिएन ?

                एम्बुलेन्स नभएका हैनन् तर इएमएस सेवा पाइएन


Dr Shashank Koirala

काठमाडौं । निमोनियालगायतका समस्याका कारण चार दिनदेखि ओम अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई दिल्लजी लैजाने कुरा चले पनि एयरपोर्ट पुर्‍याउन सकिएन । आखिर किन ? भेन्टिलेटर जडित एम्बुलेन्सकै कारण हो कि अर्को पनि ?
कोइरालालाई भारतको दिल्लीस्थित एपोलो अस्पताल पुर्‍याउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओलीसमेतले आग्रह गरेका थिए । तर, भेन्टिलेटर जडित एम्बुलेन्सको अभावमा डा. कोइराला एयरपोर्ट पुर्‍याउन नसकिएको विषय अहिले पनि चर्चामा छ ।
त्यसो त नेपालमा यस प्रकारको एम्बुलेस हुँदै नभएको भने हैन । करिब छ महिना पहिले  ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले आफ्ना विरामीलाई यो सेवा प्रदान गर्न निजी स्तरमा इएमएस् सेवा अर्थात इमर्जेन्सी मेडिकल सर्भिस सेवा प्रदान गर्दै आइरहेको छ ।
विशेष गरी गम्भीर प्रकृतिका विरामीलाई अस्पतालबाट एयरपोर्ट पुर्‍याउने, बसपार्कबाट अस्पताल ल्याउने, एउटा अस्पतालबाट अर्को अस्पताल लैजान यस प्रकारको एम्बुलेन्सको प्रयोग हुने गर्छ ।
‘हामीले विगत छ महिनादेखि विभिन्न तहमा यो सेवामार्फत विरामीको उपचार गर्दै आएका छौं । विशेषगरी विरामीको परिवारले चाहेको खण्डमा हाम्रो टोली तुरुन्तै घटस्थास्थल पुगेर उनीहरुलाई एम्बुलेन्समा उपचार गरी सम्बन्धित ठाउँमा पुर्‍याउने गर्छौं,’ पि्र-हस्पिटल केयरका संयोजक डा. सञ्जय कार्कीले अनलाइनखबरसित भने ।
उनका अनुसार यो सेवाबारे औपचारिक घोषणा नभए पनि काठमाडौका प्रायः सबै अस्पताललाई भने यसबारे राम्रै जानकारी छ ।
‘योबारे औपचारिक घोषणा नभएका कारण विरामीलाई यसबारे थाहा नहुन सक्छ, तर अस्पतालहरुलाई थाहा नहुने भन्ने कमै होला’, उनले अनलाइनखबरसित भने ।
तर, यति हुँदाहुँदै पनि ओम अस्पतालका डाक्टरले एयरपोर्टसम्म लैजान समस्या भएको बताए ।
के हो इएमएस सेवा ?
इएमएस सेवा भनेेको इमर्जेन्सी मेडिकल सर्भिस हो । मुटु रोग, हार्ट अट्याक, दुर्घटनालगायतका गम्भीर प्रकारका स्वास्थ्य समस्या भएका व्यक्तिलाई यो सेवा दिइन्छ ।
यसमा मुटुको चाल थाहा पाउने इसिजी मेसिन, स्वास प्रस्वासका लागि नेबुलाइजर, भेन्टिलेटर लगायतका मेसिन जडान गरिएको हुन्छ ।
त्यसैगरी, यसमा एकजना डाक्टर तथा नर्स हरेक समय उपचारमा खटिएका हुन्छन् । उनै  डाक्टर तथा नर्सले गम्भीर समस्या भएका विरामीलाई घरबाट अस्पताल, अस्पतालबाट एयरपोर्ट लगायतका ठाउँमा एम्बुलेन्स मार्फत पुर्‍याउने गर्छन् ।
त्यसैले यसलाई अस्पताल पुग्नुअगावै गरिेने सेवा पनि भनिन्छ । नेपालमा यस्तो सेवा नागरिकस्तरमा छैन ।
के हो यसको मापदण्ड ?
अन्तरराष्ट्रिय मापदण्ड अनुसार यो सेवा लिन चाहनेे विरामीको हकमा फोन आएको १० देखि १५ मिनेटभित्र डाक्टर तथा त्यसमा कार्यरत मेडिकल अफिसरले बिरामीको नाडी छोइसक्नुपर्छ । तर, नेपालमा यो सम्भव छैन । त्यसैले ग्राण्डी अस्पतालले अहिलेसम्म ‘गोल्डन आवर’ लाई ध्यानमा राखेर काम गरिरहेको अस्पताल स्रोत बताउँछ ।
गोल्डन आवर भन्नाले ६० मिनेटको समयावधि भन्ने बुझिन्छ । यो समयमा विरामीलाई बाटोमै उपचार गर्दै सम्बन्धित ठाउँ अथवा अस्पतालमा पुर्‍याइन्छ ।
यो उपचार पद्दतिअनुसार विरामीलाई उसको आवश्यक्ता अनुसारको उपचार गरिन्छ ।  विशेषगरी यस्तो एम्बुलेन्स पोर्टेबल भ्यान्टिलेटर भएकै कारण यसमा भएका सबै सिस्टम पहिले नै निर्धारित हुन्छन् । यो एक प्रकारले स्वचालित हुन्छ । त्यसैले बिरामीको अवस्था अनुसारै भेन्टिलेटरको मोड निर्धारण गरी उपचार गरिन्छ ।
‘यसबाहेक यस प्रकारको एम्बुलेन्समा लाइफ सेभिङ्ग औषधि लगायतका उपकरण जति हुने हुदाँ अस्पताल लगुञ्जेलसम्म विरामीलाई आवश्यक पर्ने सबै उपचार त्यही राखेर गर्न सकिन्छ’, डा. कार्कीले भने ।
ग्राण्डीमा हेलिप्याडसहितको इएमएस सेवा  
मेण्डिलेटर जडित एम्बुलेन्स लयाउनुपूर्व ग्राण्डी अस्पतालले तीन वर्ष अघिबाटै हेलिकप्टर बेस्ड इएमएस सेवा सञ्चालनमा ल्याएको थियो । यो सेवाअन्तर्गत दुरदराजका विरामीलाई सुविधासम्पन्न अस्पतालसम्म ल्याएर उपचार गराउन यो सेवा प्रभावकारी देखिन्छ ।
त्यसो त यो सेवा प्रदान गर्न ग्राण्डी अस्पतालले आफ्नै हेलिकप्टर भने खरीद गरेको छैन ।
डा कार्की भन्छन्- ‘हाम्रो हस्पिटलमा दुई किसिमको युनिट छ, त्यसमा कसैले यो सेवा चाह्यो भनेको १० देखि १५ मिनेटभित्रमै हाम्रा डाक्टर आवश्यक उपकरण तथा औषधिसहित तम्तयार अवस्थामा बसेका हुन्छन्, हेलिकोप्टर आउनासाथ हामी उक्त ठाउँ पुगेर विरामीलाई बाटोदेखि नै उपचार गरेर ल्याउँछौं ।’
यसका लागि बिरामीले हेलिकोप्टर भने आफैं’बुक’ गर्नुपर्ने कार्की बताउँछन् । त्यसैगरी गम्भीर प्रकृतिका विरामीलाई उपचार गर्न उक्त हेलिकोप्टरमा त्यही रोगका विशेषज्ञ तथा तालिमप्राप्त नर्सको व्यवस्था गरिने उनको भनाइ छ ।
उपचार पद्दति
त्यसरी ल्याइनेे कुनै पनि बिरामीलाई सोही हेलिकोप्टर वा एम्बुलेन्समा भएका डाक्टर र नर्सले उपचार हेर्छन् । त्यसैले यसलाई अस्पताल आउनुपूर्वको उपचार पद्दति भन्ने गरिएको हो ।
यो पद्दतिअनुसार कुनै बिरामीलाई एक मिलिग्राम भन्दा कम औषधि दिनु परेमा त्यहीँ रहेका डाक्टरले सोही अनुरुपको उपचार गर्ने गर्छन् । त्यसैगरी कसैलाई अक्सिजनको मात्रा घटबढ गराउनुपर्ने हुनसक्छ । कसैलाई नेबुलाइजर लगाउनुपर्ने हुन्छ भने मुटु रोगीको मुटुको धड्कन हेरी त्यहीअनुसारको उपचार प्रदान गर्दै अस्पतालसम्म पुर्‍याउन पनि यसले ठूलो मद्दत गर्छ ।
नेपालमा यस्तो सेवाको अवस्था
त्यसो त नेपालमा सार्वजनिक स्तरमा यस प्रकारको सेवा सुरु गरिएको छैन । नर्भिक, गा्रण्डीलगायतका एक/दुईवटा निजी अस्पतालले भने यसप्रकारको उपचार प्रणाली निजी स्तरमा सुरु गरेका छन् ।
यसैको परिणाम स्वरुप केही वर्ष पहिले जुम्लामा एक सुत्केरी महिलाको ज्यान जाने गरी रक्तश्रााव हुँदा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निकट भविष्यमा नै जनस्तरमा एयर एम्बुलेन्स तथा इएमएस सेवा सुरु गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । तर, उनको पद हटेसँगै यो विषय ओझेलमा परेको छ ।
ऋचा अर्याल , अनलाइन खबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget