Websoft University

www.radiomakalu.com || 021-522512


देशभर सात लाख ५३ हजार हेक्टरमा धान रोपियो

 DHAN-ROPAI

काठमाडौँ, साउन ५ गते । यस वर्ष अहिलेसम्म देशभर सात लाख ५३ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।

कृषि विकास मन्त्रालयका अनुसार अहिलेसम्म उच्च पहाडमा ३५ हजार हेक्टर, दुई लाख ३३ हजार हेक्टर र तराईमा चार लाख ८५ हजार हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।

देशभर करिब १४ लाख २५ हजार हेक्टर जमिन धानखेतीका लागि योग्य मानिएको छ । त्यसमा उच्च पहाडी भेगमा ५८ हजार ४३८ हेक्टर, मध्य पहाडमा तीन लाख ८२ हजार र तराईमा नौ लाख ८४ हजार हेक्टर जमिन धान रोप्नका लागि राम्रो मानिएको छ ।

पूर्वी क्षेत्रका झापा, मोरङ तथा सुदूर पश्चिमाञ्चल क्षेत्रको कैलाली, कञ्चनपुरमा थोरै क्षेत्रफलमा धेरै धान उत्पादन हुने गर्दछ । मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाका अनुसार अघिल्लो आवमा ४२ प्रतिशत मात्र रोपाइँ भएकामा चालु आवमा करिब ५३ प्रतिशत धानखेती सम्पन्न भइसकेको छ ।

पहाडी तथा उच्च पहाडी भेगका केही स्थानमा भने अझै रोपाइँ सकिएको छैन । अघिल्लो आवमा ४७ लाख मेट्रिक टन चामल उत्पादन भएको थियो । चालु आवमा धानको उत्पादन बढेर ५० लाख मेट्रिक टनसम्म पुग्ने अनुमान गरिएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget