Websoft University

www.radiomakalu.com || 021-522512


त्रिपालभित्रको बास, खाने छैन गाँस

 

जुम्ला, साउन ५ गते । ‘घर भत्कँदा पुरिन नसकेर धन्नै बाँच्यो जीवन । जीवन त बाँच्यो तर यसलाई निरन्तरता दिन निकै कठिन भएको छ ।’ यो पीडा चन्दननाथ नगरपालिका–२ जुम्लाका दुधकला कुलालको हो ।

गत वर्षको भूकम्पले कुलालको घर चर्केको थियो । गरिबीका कारण उहाँका परिवारले घर मर्मत गर्न सकेनन् । “त्यही चिरा परेको घरमा एक वर्षदेखि उनीहरुको बास थियो । आफ्नो दिनचर्या त्यही जीर्ण घरमा काट्दै आएका उनीहरु एक सातादेखि त्रिपालको बास बस्न बाध्य छन् । यही असार मसान्ततिर परेको भारी वर्षाले कुलालको घर भत्कियो । संयोगवशः घर भत्कँदा हामी परिवार बाहिर रहेछौँ, घर पूर्णरुपले क्षति भयो, भगवान्का दयाले हामी बाँच्यौँ”– कुलालले भन्नुभयो ।

त्रिपालभित्र बसिरहेका कुलाल परिवारलाई बासको पीडा त छँदैछ, बिहान खाए बेलुका गाँस के जुटाउने भन्ने चिन्ताले दिनहुँ पिरोल्न थालेको छ । दिनभरि परिवारका लागि खान जोहो गर्न दैनिक ज्यालादारी काम गर्दै आएको उहाँले बताउनुभयो ।

तथापि त्यही ज्यालाले बिहान बेलुकी खान पु¥याउन हम्मेहम्मे भएको उहाँको भनाइ छ । कुलालले यतिबेला राहतका लागि जिल्ला प्रशासन कार्यालय जुम्लामा निवदेन दिनुभएको छ । प्रजिअ रुद्रप्रसाद पण्डितले निवेदन आफूकहाँ पुगिनसकेको बताउनुभयो । यद्यपि उहाँले सरकारले अप्ठ्यारोमा परेका र गरिब वर्गका निम्ति काम गर्ने भन्दै कुलाल परिवारका निम्ति सहयोग गरिने बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget