Websoft University

www.radiomakalu.com || 021-522512


म्याग्दीको तोराखेतमा भीषण पहिरो : तीन घर बगायो



(बेनी) म्याग्दी, साउन ६ गते । म्याग्दीको भकिम्ली–९ तोराखेतमा बुधबार दिउँसो पहिरो जाँदा तीन घर बगाएको छ भने पाँच घर उच्च जोखिममा परेका छन् । गाउँ माथिबाट आएको पहिरोले बलवहादुर दर्जीका तीनवटा घर र गोठ बगाएको छ । त्यसैगरी, धनबहादुर दर्जी, निलबहादुर दर्जी, विपेन्द्र दर्जी, तिलबहादुर दर्जी, गोपाल दर्जी, पूर्णबहादुर दर्जी, कृष्णबहादुर दर्जी, विष्णुबहादुर दर्जीको घर र जग्गा बगाएको स्थानीय टेकबहादुर मल्लले जानकारी दिनुभएको छ ।

मल्लले दिएको जानकारी अनुसार गत सालको पहिरोले क्षति पु¥याएका घर र गोठ बुधबारको पहिरोले बगाएको हो । पहिरोले मानवीय र पशु चौपायाको भने क्षति भएको छैन । पहिरो गएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरीको टोली घटनास्थलमा पठाइएको र प्रहरीले सतर्क रहन आग्रह गर्दै माइकिङ गरेर फर्केको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

प्रनाउ खड्काले पहिरोले घरगोठ बगाएको बारेमा आफूलाई कुनै जानकारी नआएको बताउनुभयो । विगत पाँच वर्षदेखि तोराखेतमा पहिरो खस्दै आएको छ । पहिरोका त्रासले स्थानीयले गाउँ नै छोडेर अन्यत्र सरेका छन् । बुधबार पहिरोले बगाएका घर गोठमा पनि मानिस र पशु चौपाया नभएकाले क्षति हुन नपाएको हो । पुरानो पहिरो भएपनि रोकथामको प्रयास असफल भएपछि बेनी नगरपालिका वडा नं. ४ बगरफाँटसमेत जोखिममा परेको छ ।

जिल्लाकै ठूलो दीर्घकालीन असरपार्ने पहिरोको रुपमा समेत चिनिएको तोराखेत पहिरोले विस्थापित भएकाले विगतदेखि नै उचित स्थानको माग गरे पनि सम्बन्धित निकायबाट सहयोग नभएको गुनासोसमेत गर्ने गरेका छन् ।

पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाएपछि त्यहाँका १२ घर परिवार घरजग्गाबिहीन बनेका छन् ।

विगतका बर्षमा गएको पहिरोले २० घर विस्थापित भइसकेका छन् । बलबहादुर परियार, ओमबहादुर परियार, भीम परियार, दिलबहादुर परियार, गोपाल परियार, पूर्ण परियार, कृष्ण परियार, विष्णु परियार, टीकाराम परियार, दिपेन्द्र परियार, श्याम परियार र तिलबहादुर परियारलगायत विस्थापित भइसकेका छन् ।

तोराखेतबाट खस्ने पहिरोका कारण बगरफाँटका बासिन्दासमेत त्रसित अवस्थामा रहेका छन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget