काठमाडौं , असार १९ गते । काठमाडौं प्रहरीले गुण्डानाईके र उसलाई संरक्षण गर्ने नेता वा शक्तिकेन्द्रबीचको नेक्ससबारे अनुसन्धान थालिएको बताएको छ । नेता र गुण्डाबीचको लिंकको पहिचान गर्ने काम भईरहेको भन्दै प्रमाणित तथ्यहरु भए प्रहरीलाई सुचना दिएर सहयोग गर्न समेत नागरिकसँग आग्रह गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले गुण्डालाई संरक्षण दिएर राजनीति सुरक्षित हुन्छ भन्ने ठान्ने नेताहरुको लागि र्दुभाग्य हुने बताउनुभएको छ । मेरो मान्छे भन्दै फोन गरेर अब कोही अधिकृत नतर्सने भन्दै गैह्र कानुनी लिंकका प्रमाण भेटे उल्टै अनुसन्धानको दायरामा तान्ने चेतावनी एसएसपी थापाले दिनुभएको छ ।
काठमाडौँ प्रहरीले गुण्डाविरुद्धको कारवाहीमा कारवाहीको हट लिष्ट तयार पारेको खुलासा समेत गरेको छ । एसएसपी थापाले दिपक मनाङ्गेको पक्राउ काष्टिङ् मात्र भएको भन्दै खाता खुल्दै जाने चेतावनी दिनुभयो ।
स्यालहरुको जमातले गुण्डाको खोल ओडेर सर्वसाधरणलाई डराउने, धम्काउने गरेको भन्दै जुन दिन प्रमाण भेटिन्छ त्यही दिन उनिहरुको खेल समाप्त हुने एसएसपी थापाको भनाई छ ।

Post a Comment