Websoft University

www.radiomakalu.com || 021-522512


बन्दले उपत्यकाको जनजीवन सामान्य प्रभावित




तस्विर - रेडियो मकालु १०२.१

काठमाडौँ, साउन १० गते  । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आयोजना गरेको बन्दका कारण आज काठमाडौँ उपत्यकाको जनजीवन सामान्यरुपमा प्रभावित भएको छ ।

बन्दकर्ताले मीनभवन र गोङ्गबुमा दुईवटा ट्याक्सीमा आगजनी गरी क्षति पु¥याएका छन् । मीनभवनमा बा१ज ५१६२ नंको ट्याक्सीमा बिहान ३ः४५ बजे पेट्रोल छर्केर आगजनी गरेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
तस्विर - रेडियो मकालु १०२.१


त्यस्तै बन्दकर्ताले गोङ्गबुमा बा१ज २८६ नंको ट्याक्सीमा आगजनी गरेका छन् । दुवै ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

राजधानीमा सार्वजनिक सवारीसाधन कम चले पनि निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालन भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साझा यातायात, कान्तिपुर यातायात, माइक्रो, टेम्पोलगायतका सवारी साधन बिनाअवरोध सञ्चालन भइरहेका छन् ।

सर्लाहीको सागरनाथमा सुकुम्बासीमाथि ज्यादती भइरहेको भन्दै त्यसको विरोधमा सो पार्टीले गरेको बन्दका कारण शिक्षण संस्थासमेत बन्द भएका छन् ।

जबर्जस्ती बन्द गराउँदै हिँडेका ६५ कार्यकर्ता पक्राउ परेका छन् । उपत्यकामा ३५ सहित उपत्यका बाहिरका गरी जम्मा ६५ जना कार्यकर्ता पक्राउ परेको पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले राससलाई जानकारी दिनुभयो ।

बन्दको प्रभाव उपत्यकामा सामान्य परे पनि कामकाजी सर्वसाधारण भने मर्कामा परेका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget