Websoft University

www.radiomakalu.com || 021-522512


कान्टे लेस्टरसिटीबाट चेल्सीमा

N'golo Kante

लण्डन – चेल्सीले लेस्टर सिटीका मिडफिल्डर एनगोलो कान्टेलाई ५ वर्षका लागि अनुबन्ध गरेको छ । करिब ३० मिलियन पाउण्डमा चेल्सीले कान्टेलाई खरिद गरेको बताइएको छ । फ्रान्सका डिफेन्सिभ मिडफिल्डर गत वर्ष काएनबाट ६ मिलियन पाउण्डमा लेस्टर सिटी पुगेका थिए । जहाँ उनले क्लबका लागि ४० खेल खेल्दै प्रिमियर लिगको उपाधि हात पारे । २५ वर्षीय कान्टे युरो २०१६ को फाइनलसम्म पुग्ने फ्रान्सको टोलीका सदस्यसमेत थिए । ‘युरोपकै ठूलो क्लबमा अनुबन्धन हुन पाउँदा निकै खुसी लागेको छ । मेरो सपना पूरा भएको छ,’ उनले भने । कान्टेले प्रशिक्षक एन्टोनियो कोन्टेको प्रशंसा गर्दै भने, ‘उनी उत्कृष्ट प्रशिक्षक हुन् । उनीसँग काम गर्न पाउने र विश्वकै उत्कृष्ट खेलाडीहरुसँगै खेल्न पाउने आवसरलाई नकार्न सकिन ।’ चेल्सीले यसअघि बेल्जियमका स्ट्राइकर मिची बात्सुययीलाई मार्सेबाट अनुबन्ध गरिसकेको छ । लेस्टरले कान्टेको स्तान्तरणमा क्लबका लागि अहिलेसम्मकै किर्तिमानी रकम प्राप्त गरेको जनाएको छ । ‘हामीले नयाँ र सुधारिएको करार प्रस्तुत गर्दा पनि एनगोलो चेल्सी जान इच्छुक भएको पायौं । हामी उनको उज्जवल भविष्यको कामना गर्दछौं,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अर्का विंगर रियाद महारेजले पनि क्लब छाड्ने चर्चा चलेको छ । यसअघि स्ट्राइकल जेमी भार्डीले आर्सनल जान अस्विकार गरेका थिए । यसैबीच, कोन्टेको नेतृत्वमा चेल्सीले खेलेको पहिलो खेलमा पराजयको सामना गर्नुपरेको छ । कोन्टेले जोन टेरी, ब्रानिस्लाभ इभानोविच, डिएगो कोस्टा लगायत सशक्त टोली मैदानमा उतारे पनि र्यापिड भिएनासँग मैत्रीपूर्ण २–० ले पराजित हुन पुगेको थियो । - रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget