Websoft University

www.radiomakalu.com || 021-522512


विष खुवाएर हत्या गर्न खोज्ने पक्राउ

 

भोजपुर, साउन १५ गते  । फ्रुटीमा विषादी मिलाएर ससुरालीको हत्या गर्न खोज्ने षडानन्द नगरपालिका–२ का रुद्रबहादुर विश्वकर्मा पक्राउ परेका छन् ।

पैँतीस वर्षीय विश्वकर्माले ससुरालीे बेलनबहादुर विश्वकर्माको घरमा रियो फ्रुटीमा साइबैर –२५ नामक विषादी सिरिन्जद्वारा लगाई भान्सा कोठामा राखिदिएका थिए । विश्वकर्माले साउन १० गते राति १२ बजेको समयमा विषादी मिसाएको फ्रुटी भान्सा कोठामा राखिदिएका र सो फ्रुटी भोलिपल्ट बिहान बुहारी अप्सरा विश्वकर्माले खाएपछि विषादी मिसाएको पत्ता लागेको थियो ।

उनलाई बुधबार पक्राउ गरी जिप्रकामा ल्याई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget