ईलाम, जेष्ठ १९ गते। ईलामको महमाई गाविस ६ स्थित कपरसुखामा दिउँसो चट्याङ खस्दा एक बालिकको मृत्यु भएको छ।
खेतबाट धानको बोझा बोकेर घरतर्फ फर्कनेक्रमा दिउँसो २ बजेतिर चट्याङ खस्दा महमाई ७ रातमाटे डाँडा बस्ने मतिलाल लिम्बुको १४ वर्षिया छोरी एलिसा लिम्बुको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको हो।
घटनास्थलमा प्रहरी चौकी महमाईबाट प्रहरी टोली खटि गएको छ।


Post a Comment